९ मंसिर २०८१, आइतबार | November 25, 2024

चिनियाँ राजदूतले धम्की दिएपछि पत्रकार बुढाथोकीले ज्यान जोखिममा परेको भन्दै गरे यस्तो अपिल


2.5k
Shares

काठमाडौं, १७ जेठ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई चीनले दिएको ऋणको ब्याजदर २ प्रतिशत नभई ५ प्रतिशत रहेको खुलासा गरेपछि पत्रकार गजेन्द्र बुढाथोकी यतिबेला चर्चामा छन् ।

उनले यस्तो तथ्य सार्वजनिक गरेपछि चिनियाँ राजदूत छन सोङले सामाजिक सञ्जालमार्फत् धम्की दिएको भन्दै बुढाथोकीले सार्वजनिक जानकारीमा ल्याएका थिए ।

राजदूत सोङले ऋणको ब्याजदर ५ प्रतिशत नरहेको दाबी गरेका छन् । उक्त विमानस्थल निर्माण बीआरआई अन्तर्गत भनेर समेत सोङले विगतमा अभिव्यक्ति दिएपछि विवाद भएको थियो । जबकि नेपालले बीआरआई कार्यान्वयनमा हस्ताक्षर नै गरेको छैन ।

पत्रकार बुढाथोकीले ट्वीट गर्दै आफ्नो ज्यान जोखिममा रहेको समेत भनेका छन् । उनलाई धम्की आउँदा पनि पत्रकार सम्वद्ध संस्था देखि देशको जिम्मेवार निकाय केही बोलेको छैन ।

नेपालमा राजदूत जस्तो जिम्मेवार पदमा बसेका विदेशी नागरिकले नेपाली नागरिकलाई धम्की दिंदा पनि सरकार मौन बसेकोमा असन्तुष्टि बढेको छ । यसले राज्य आफ्नो नागरिकप्रति गम्भीर छैन भन्ने गलत सन्देश समेत गएको छ ।

 

प्रतिक्रिया