१२ श्रावण २०८१, शनिबार | July 27, 2024

माधव नेपाल चीन गएनन्, कुनै उलटपुलटको संकेत


1.1k
Shares

काठमाडौं, १४ जेठ । विदेश जान भनेपछि हुरुक्क हुने नेतामा पर्छन् नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल । उनी बेला बेलामा एक्लै पनि विदेश यात्रामा निस्किन्छन् ।

माधव नेपाल सबैभन्दा बढी विदेशयात्रा गर्ने नेतामध्ये पर्छन् । उनी यूरोप, अमेरिकाका विभिन्न देशहरु त पुगेकै छन् उत्तर कोरियाको यात्रा पनि गरिसकेका छन् । होली वाइनसँग जोडिएको संस्था वल्ड पिस फेडरेशनको कार्यक्रममा दक्षिण कोरिया पनि पुगेकै छन् ।

माधव नेपाल कमैले मात्र नाम सुनेको देशहरु पनि पुगेका छन् । तर, यसपटक भने आश्चर्य भयो । उनी चीन भ्रमणमा गएनन् । माधव नेपाल नगएर एसका उपाध्यक्ष प्रमेश हमाललाई आफ्ना लागि आएको भ्रमण कोटामा पठाए ।

छेन्दु र तिब्बतको यात्रा समेत गर्ने उद्देश्यले जाने तयारी गरिरहँदा नजानुलाई चासोका साथ हेरिएको छ । यसलाई सत्तामा कुनै उलटपुलटको संकेतका रुपमा पनि हेरिएको छ ।

माधव नेपाल भित्र भित्र प्रचण्ड सरकार ढाल्न लागेका छन् । उनले यसमा सफलता हात पार्न लाग्दा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल नै फुट्यो ।

अझै प्रचण्ड सरकार ढाल्ने खेलमा उनी लागेकै छन् । विशेषगरी केपी ओलीप्रति उनको असन्तुष्टि र आक्रोश छ । यसले पनि कुनैपनि बेला सरकारमा कुनै उलटपुलटको अवस्था आउनसक्छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया