२३ भाद्र २०८१, आइतबार | September 8, 2024

छताछुल्ल भयो भ्रष्टाचार र कालो धन


2.4k
Shares

काठमाडौं, १३ जेठ । शान्त तलाउमा ढुंगा फाल्यो भने के हुन्छ ? ठूलो आवाजसहित छाल देखिनथाल्छ । त्यस्तै भएको छ रवि लामिछानेमाथि सहकारी ठगीको आरोपमा आवाज उठेपछि । रवि सहकारी ठगीमा संलग्न भएको कतिपय तथ्यहरु खुलिरहेका छन् । लगत्तै उनले पनि देशमा भएका कतिपय भ्रष्टाचार, ठगी र कालो धनका विषय उजागर गरिरहेका छन् ।

देशका महत्वपूर्ण जग्गा हिनामिनामा को को संलग्न छन् भन्ने खबर सार्वजनिक भइरहेको थियो । तर, संसदमा उभिएर गृहमन्त्रीका रुपमा रविले उजागर गरिदिए । स्मारक, सार्वजनिक जग्गा समेत हिनामिना माफिया शैलीमा हुँदै आएको छ । त्यो उजागर भयो ।

कतिपय गोल्डेन शेयर लिनेहरुको तथ्य पनि खुलेको छ । कम्पनी नखोली पद र पावरको दुरुपयोग गरी गोल्डेन शेयर लिने परिपाठी विकास भएको छ । यो गजब तरिकाले उजागर भएको छ अहिले ।

भ्रष्टाचार र कालो धनका कथाहरु धमाधम बाहिर आइरहेका छन् । यसले ठूलै हलचल ल्याउन सक्छ ।

प्रतिक्रिया