१२ श्रावण २०८१, शनिबार | July 27, 2024

धर्म के हो ?


5.5k
Shares
सन्तोष आचार्यः धर्म भनेको कुनै पनि वस्तुको कहिल्यै नफेरिने विशेषता हो, उसको आफ्नै स्वभाव हो । आगोको धर्म तातो हुनु हो । पृथिवीको धर्म उत्पादन दिनु, हावाको धर्म जीवन प्रदान गर्नु भनेजस्तै मनिसको धर्म मानवता हो ।
त्यसलाई मानवीय सदगुण पनि भनिन्छ । मानवका लागि धर्म उसको आफ्नो परिचय हो, अस्तित्व हो र स्वाभिमान पनि हो । सनातन धर्म भनेको परापूर्वकालदेखि चलिआएको मानवीय सदगुणरूप नै धर्म हो ।
सनातन धर्म कसैले चलाएको धर्म होइन । त्यसैले यहा ईसाई मुस्लिम बुद्ध धर्ममा जस्तो कोहीपनि प्रवर्तक हुँदैनन् ।
साक्षात् ईश्वर नै यस धर्मका प्रवर्तक हुनुहुन्छ । सनातन धर्म विश्वको सबैभन्दा पुरानो र वैज्ञानिक धर्म मानिन्छ ।
ॐ कारलाई मूल मन्त्र मान्ने, सदाचार (राम्रो आचरण) मा रहने, पिता, माता र गुरुजनलाई श्रद्धा गर्ने, वेदशास्त्रको वचन पालन गर्ने, गाई, गङ्गा, तुलसी, प्रकृति र देवमूर्तिको पूजा गर्ने, ईश्वरमा आस्था राख्ने व्यक्ति नै हिन्दु हो ।
धर्म धारणा हो, देखावटीपन होइन ।
ईश्वर मान्ने कुरा हो, विश्वास भए मान्ने हो विश्वास नभए नमान्न पनि सकिन्छ, चार्वाक नास्तिक थिए नास्तिकवादको प्रणेता पनि हिन्दु धर्म नै हो !
चार्वाकलाई नि यहा ऋषी नै मानिन्छ धर्म पालन गर्ने कुरा हो । धर्म कर्तव्य हो, अनुशासन हो, यसलाई पालन गर्नुपर्छ, म धर्म मान्छु भनेर मात्र पुग्दैन धर्म पहिचान हो, अस्तित्व हो, यो परिवर्तन गर्न मिल्दैन ।
धर्म जीवनको आधार हो आडम्बर होइन । अन्धविश्वास होइन । धर्म आफ्नो पहिचान हो, अस्तित्व हो ।
त्यसैले धर्म छोड्न हुँदैन ।
आफ्ना पुर्खाले मानिआएको धर्म छोड्दा आफ्नो पहिचान हराउँछ ।
अस्तित्व हराउँछ ।
धर्म हराउँदा संस्कृति हराउँछ, संस्कृति हराउँदा हाम्रोपन हराउँछ । हाम्रोपन हराउँदै जाने हो भने एकदिन हाम्रो देश पनि हराउँछ ।
किनभने धर्म र संस्कृतिविनाको देश प्राणविनाको शरीरजस्तै हो ।
प्राण नभएको शरीरलाई मूर्दा भनिन्छ । त्यो धेरै दिन टिक्दैन । त्यस्तै धर्म र संस्कृतिविनाको देश पनि धेरै दिन टिक्दैन । हिन्दुधर्म नेपालको आफ्नो मौलिक रैथाने धर्म हो ।
यहाँका मानिसहरू परापूर्वकालदेखि हिन्दुधर्म मान्छन् ।
हिन्दुधर्मको मूल वेद हो । वेदको विस्तार यहीँका वेदव्यासले गरेका हुन् । हिन्दुहरूको मूल ग्रन्थ गीता, महाभारत र पुराण लेख्ने व्यास
नेपाल धर्तीका सत्पुत्र हुन् । रामायण लेख्ने वाल्मीकि यतै बस्थे । हरेक हिन्दुको घरमा पुजिने शालिग्राम गण्डकी नदीमा पाइन्छन् ।
विश्वमा जहाँ बसे पनि हरेक हिन्दुले नेपालको पशुपतिलाई आराध्यदेव मान्छन् ।
मुक्तिनाथ, देवघाट नगई नहुने तीर्थ ठान्छन् । हिन्दुधर्ममा नेपाल धर्तीको सम्मान हुने भएकाले हिन्दु धर्म नेपालको मौलिक रैथाने धर्म हो र यो धर्म नेपालको पहिचान पनि हो ।
धर्म भन्नाले दैवि शक्ति, परमात्मा अथवा अदृश्य शक्तिमा गरिने विश्वास र त्यस्ता शक्तिहरू सँग सम्बन्धित नैतिक आचरण, व्यवहार, मूल्य तथा मान्यता, सङ्घ संस्था, तथा पुरातन बिधिहरू पर्दछन् ।
कहिलेकाहिं आस्था अथवा विश्वास जस्ता शव्द पनि धर्मकै अर्थमा प्रयोग गरिन्छ । बृहद अर्थमा कसैले धर्मलाई ब्रम्हाण्ड र मानवको संबन्ध बारे सम्पूर्ण उत्तर मान्ने गर्दछन् ।
धर्म भनेको जिव वा मानवको स्वभाविक गुण हो । धारयति इति धर्म ।
‘धृ’ धातुमा मन प्रत्ययको योगबाट निर्मित धर्म शब्दको अर्थ हो ।
कर्तव्य र मानिसले पालना गर्नुपर्ने आदर्शपूर्ण भूमिका नै धर्म हो ।
धर्मको तीन आधार स्तम्भ छन्
१) सत्य, २) अहिंसा र ३) तप ।
मन, बचन र कर्मले कसैको हिंसा नगर्नु नै धर्म हो । आजका मानिस धर्मबाट विमुख हँदै गइरहेका छन् । ब्राह्मणको धर्म हो ब्राह्मणत्व, क्षेत्रीको धर्म क्षेत्रित्व, गुरूको घर्म गुरूत्व, शिष्यको धर्म हो शिष्यत्व ।
मातापिताको पनि आफ्नै धर्म छ, यसैगरी सन्तानको पनि आफ्नै धर्म हुन्छ ।
धर्म के हो ?
यस सन्दर्भमा महर्षि वेदव्यासको वाणी यस्तो छ ‘सुयताम धर्म सर्वस्वम् सुताचैबा धार्यताम, आत्मा न प्रतिकुलानी परेसान न समाचरे ।’ अर्थात्, जुन व्यवहार अरुले आफूलाई गर्दा प्रतिकूल लाग्दछ,
त्यस्तो व्यवहार अरुसँग नगर्नु नै धर्म हो ।
धर्म भनेको आत्मज्ञान तथा ब्रह्मासम्बन्धी विचार हो । अध्यात्म धार्मिक स्वभाव हो, त्यसैकारणले अध्यात्म स्वभाव उच्चते भनेर उपनिषद्मा लेखिएको छ । बन्धनबाट मोक्षतर्फको यात्राको नाम धर्म हो ।
वासनाबाट उपासना तर्फ लाग्नु धर्म हो । मृत्युबाट अमरत्वतर्फ लाग्नु नै धर्म हो । भवतु सब्ब मंगलम !
विज्ञानले त आमा र छोरीको यौवन र योनीमा नि फरक देख्दैन आमा र स्वास्नीमा फरक देखाउने भनेकै धर्मले हो । चेतना मा संस्कार भर्ने धर्मले हो ।
भौतिकवादी हो भने स्विकार्न सक्नुपर्यो नि स्वास्नी र छोरीमा अन्तर छैन भनेर । तर्क सुन्दा रिस उठ्ला तर सत्य यहि नै हो ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया