१० बैशाख २०८३, बिहिबार | April 23, 2026

बुद्धलाई नारामा होइन व्यवहारमा स्वीकार गरौँ


9.1k
Shares

रमेश कण्डेल: बुद्धजयन्तीको प्रसंग चलिरहँदा केही समय अगाडि देशका सम्माननीय प्रधानमन्त्रीले एउटा कार्यक्रममा बोल्दै देशको बारेमा, देशमा हराउँदै गएको नैतिकता, अनुशासन, चरित्रता, देशभक्तिको भावना, युवा पलायन, संस्कृति र आचरणको स्खलनको बारेमा चिन्ता प्रकट गर्दै दिनुभएको अभिव्यक्तिको स्मरण भयो । उहाँको त्यो अभिव्यक्ति सुनिरहँदा मेरो मानसपटलमा अनेकोँ प्रश्नहरू उब्जिन थाले । दशकौँसम्म युवावर्गलाई कार्ल माक्र्स, लेलिन र माओका पाठ पढाउने, पृथ्वीनारायण र महापुरूषका शालिक तोड्न सिकाउने अनि देशभक्तिका कुरा सुहाँउछ र ? विद्यालय क्षेत्रमा नैतिक शिक्षा र संस्कृत शिक्षा बन्द गराउने अनि नैतिकताको कुरा मिल्छ र ? बुद्धको देश, ज्ञानभूमि र शान्तिभूमिमा हिंसा र द्वन्द्वको मार्ग तयार गर्ने अनि सदाचार र नैतिक मूल्यको कुरा कसरी गर्न सक्नुहुन्छ ? देशको भाषा, संस्कृति, इतिहास र सभ्यतालाई गाली गर्ने, समाप्त गर्न सिकाउने र प्रेरित गर्ने अनि राष्ट्रिय भावना र सोचको अपेक्षा गर्ने यो त न्यायसँगत हुँदैन होला ? हो ! हामी मानवीय एवं सामाजिक दृष्टिले कमजोर बन्दै गइरहेका छौँ । हाम्रो आचरण र संस्कार कमजोर बन्दै गइरहेको छ ।

भाषा, संस्कृति, परम्परा, मानवीय मूल्य, सामाजिक सद्भाव र राष्ट्रिय भावनामा स्खलन आउँदै गइरहेको छ तर यसको बीजारोपण कसरी भयो ? कसले प्रारम्भ गर्यो ? यसको जवाफ खोज्दै हामी अगाडि बढौँ । यदि सबैलाई देशको चिन्ता वास्तवमै हो भने विदेशी वाद, महापुरूष र दर्शनलाई छोडेर बुद्धको विचार, पृथ्वीको जीवनी, वैदिक साहित्य र दर्शन, नैतिक मूल्ययुक्त जीवनपद्धतिलाई स्वीकार गर्दै देशको इतिहास, महापुरूष र यहाँको मौलिक विचारलाई केन्द्रविन्दुमा राखेर राष्ट्र पुनर्निर्माणको संकल्पका साथ अगाडि बढौँ ।

प्रसंग बदलौँ: आजभन्दा २५६८ वर्ष अगाडि कपिलवस्तु तिलौराकोट राज्यको राजपरिवारमा जन्मेका सिद्धार्थ गौतमले जीवनको मूल्य, अस्तित्व, सार्थतकता र उद्देश्यको बारेमा उत्पन्न अनेकौँ प्रश्नको जवाफका लागि आफ्नो २९ वर्षको आयुमा भौतिक सुख�

प्रतिक्रिया