अमेरिकाले सन्दीपलाई दिएन भीसा, को को भीसा रोक्न लागेका थिए

काठमाडौं, ९ जेठ । टी ट्वेन्टी विश्वकप खेल्नबाट नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाने वञ्चित भएका छन् । अमेरिकाले उनलाई भीसा नदिएपछि क्रिकेट खेल्नबाट वञ्चित भएका हुन् ।
अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा विश्वकप हुन लागेको हो । सन्दीपले अदालतबाट बलात्कार मुद्दामा सफाई पाएका छन् । तैपनि उनलाई भीसा नदिइनुलाई अर्थपूर्ण मानिएको छ ।
सन्दीपविरुद्ध अमेरिका र यूरोपका कतिपय अन्तर्राष्ट्रिय संस्थाबाट अनुदान पाइरहेका संस्थाहरु लागिरहेका थिए । उनीहरु भीसा रोक्न सक्रिय भएको बुझिएको छ ।