१२ श्रावण २०८१, शनिबार | July 27, 2024

रविको तारोमा गगन


498
Shares

काठमाडौं, ८ जेठ । नेपाली काँग्रेसका महामन्त्री गगन थापा पार्टी भित्र र बाहिरबाट तारोमा परेका छन् । उपप्रधानमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने मुछिएको सहकारी ठगी प्रकरणमा आवाज उठाएपछि थापा तारोमा परेका हुन् ।

काँग्रेसभित्र प्रभावशाली नेतामध्ये कोही पनि रविविरुद्ध खुलेर बोल्न तयार नभएपछि थापा बोल्न थाले । रविप्रति आक्रामक बन्दै गर्दा काँग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ अर्का महामन्त्री विश्वप्रकाश शर्मालगायतले खासै बोलेनन् । गुरुङ त आफूमाथि रवि कडा रुपमा उत्रिएपछि बल्ल बोल्न थाले ।

रविले संसदमा आइतबार गगन थापाविरुद्ध कडा रुपमा बोले । विदेशीको एजेन्ट सम्म भने । विकिलिक्सले खुलासा गरेको अमेरिकी राजदूतावासको एक रिपोर्टमा गगनलाई दूतावासको मुख्य सम्पर्क व्यक्ति भनिएको छ । रविले गगनतर्फ संकेत गर्दै विदेशीलाई गोप्य सूचना बेच्ने एजेन्ट भने ।

गगनलाई कृषि अनुदान हिनामिना गरेको, त्रिचन्द्र कलेजको पार्क निर्माणमा भ्रष्टाचार गरेको, स्वास्थ्यमन्त्री हुँदा नियुक्तिमा पैसा लिएको आरोप समेत लगाए ।

रविविरुद्ध काँग्रेसका कतिपय नेताले बोल्न आँट नगर्नुमा गृहमन्त्री सम्हालेका उनले पुराना फाइल खोल्लान् भन्ने पनि हो । टिकापुर जग्गा काण्डमा आरजु देउवा मुछिएको फाइल रविले खोल्न लगाएका छन् । आइटी भ्रष्टाचारमा देउवा पुत्र जयवीर देउवाको विदेशस्थित खातामा समेत रकम जम्मा भएको विषय चर्चामा छ । त्यसमा पनि रविले भित्र भित्र छानविन बढाएका छन् ।

यसकारण पनि रविविरुद्ध हत्तपत्त काँग्रेस नेता बोल्न सकिरहेका छन् । उनीविरुद्ध कडा रुपमा प्रस्तुत हुने गगन थापा पनि तारोमा परेका छन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया