२ मंसिर २०८१, आइतबार | November 17, 2024

मोदीनोमिक्सले भारतको फड्कोसँगै विसर्जनतर्फ एशियामा मार्क्सवादको भारी


2.8k
Shares

विपिन देव: भारतीय जनता पार्टीको विकासको यात्रालाई दार्शनिक व्याख्या गर्न इतिहासलाई फर्केर केलाउनु पर्दछ । भाजपाको विकासको यात्राको आधारस्तम्भ एकात्मक मानववाद हो । एकात्मक मानववादको विकासको अबधारणा माक्र्सवादी कित्तालाई पॉच्य हु‘दैन । एकात्मक मानववादले मार्क्सवादलाई वस्तुवादी दर्शनको रूपमा व्याख्या गर्दै मार्क्सवाद र पू‘जीवाद उग्र उद्यौगीकरण र यन्त्रीकरणको मानसपुत्र हुन भनी व्याख्या गरेको छ । अर्थात् मार्क्सवाद र पू‘जीवादले मानवको अन्तिम इच्छा भौतिक तृप्ती मात्र हो भन्ने तर्क राखेका छन् । एकात्मक मानववाद भौतिकवाद र अध्यात्मवाद विच संयोजन गर्न खोजेका हुन्छ । अर्थात् मानव अध्यात्मीक चेत र चिन्तन विना जीवनको समग्रता र स्पष्टता प्राप्त गर्न सक्दैन भने एकात्मक मानववादको प्रस्तावना रहेको छ ।

मोदीको विकासको यात्रा एकात्मक मानववादको आलोकमा बुझ्न उपयोगी देखिन्छ । एकात्मक माववादका प्रषेता दिन दयाल उपाध्यायले कुनै पनि राष्ट्रिय नीति बनाउ‘दा समाजको सबभन्दा पिडित, प्रताडित र विपन्न वर्गको अवस्थालाई मध्यनजर राख्दै नीति र नियम बनाउन आग्रह गरेका थिए । एकात्मक मानववादको यो अवधारणा गान्धीको विचारसँग निकट रहेको देखिन्छ । गान्धीको “दरिद्रनारायण”को अवधारणा पनि यही दृष्टिकोणवाट मुखारित रहेको छ । मोदीको विकासको मोडेल दक्षिण एसियाको लागि अति उपयोगी देखिन्छ ।

सन् २०१४ देखि सन् २०२३ सम्म मोदीको आर्थिक नीतिले २५ करोड भारतीय गरिबीको रेखामुनिबाट बाहिर निस्कन सफल भएको देखिन्छ । २५ करोड जनता मध्यम वर्गीय हुनु आफैमा चहकिलो प्रयोग हो । सन् २०१४ मा भारतीय अर्थतन्त्रको आकार २ ट्रिलियन अमेरिकी डलर रहेको थियो भने सन् २०२४ मा भारतीय अर्थतन्त्रको आकार ४ ट्रिलियन हुन गइरहेको छ । यो दोब्बर आर्थिक वृद्धि हो । भारत विश्वको १० औं अर्थतन्त्रवाट पॉचौ अर्थतन्त्रमा प्रवेश गरेको देखिन्छ । पि.पि.लाई आधार मान्ने हो भने भारतीय अर्थतन्त्र तेस्रो श्रेणीमा पुगी नै सकेको छ । भर्खरै संयुक्त राष्ट्र संघले समेत विश्व मुद्रा कोष र विश्व बैंकको प्रतिवेदनलाई अनुमोदन गर्दै भारतीय अर्थतन्त्रको विकास संसारमा सबभन्दा तीव्र गतिले भइरहेको कुरा उद्घोष गरेका छन् ।

७ प्रतिशतको आर्थिक विकास दरले गदौ कालान्तरमा नै भारत विश्वको तेस्रो अर्थतन्त्र बन्ने पक्का नै रहेको छ । मोदी मोडेलको विकासको आधार नै प्रविधि मैत्री वातावरण हो । विश्वमा सबभन्दा अधिक डाटाको खपत हुने मुलुकमा भारत नै रहेको छ । विश्वको दोस्रो इन्टरनेट प्रयोग कर्ताको श्रेणीमा भारत नै रहको छ । सन् २०१४ ताका स्ट्राटतप ४ हजार मात्र रहेको थियो भने वर्तमान परिवशेमा भारतमा एक लाख स्ट्राटपको प्रयोग भइरहेको छ । संसारमा सबभनदा बढी विद्युत्तिय माध्यमवाट आर्थिक कारोबार हुने मुलुकमा भारत नै रहेको छ । भारत यू.पी.ए. पेमेन्ट प्रणाली लोकप्रिय भइरहेको छ । देशको अर्थतन्त्रको मापदण्डको मापन महिला सहभागीताले नै हुने गर्दछ । महिलाको स्वास्थ्य र घरेलु दायित्वलाई मध्य मजर राख्दै भारतले मोदी मोडेल अन्र्तगत उज्ज्वल योजना उद्घोष गरेका छन् । सो योजना अन्र्तगत १० करोड महिलाई ग्यास जडान सहित चूल्हो उपलब्ध गराइएको छ ।

समाजका प्रताडित वर्गलाई मध्य नजर राखेर प्रधानमन्त्री आवास योजना सरकारले संञ्चालन गरेको देखिन्छ । प्रधानमन्त्री आवास योजना अन्र्तगत ४ करोड नयॉ घरहरू निर्माण गरिएको छ । एक चुनावी सभामा आगामी सरकार वि.जे.पी.को भएको खण्डमा सो आवास कार्यक्रम निरन्तर रहने उद्घोष गरिएको छ । गान्धी दर्शनलाई मानस पटलमा राख्दै मोदी सरकारले स्वच्छता अभिमान परिदालित गरेका छन् । स्वच्छता अभियान अन्र्तगत सरकारले १० करोड शौचालय निर्माण गरेर गरिबहरूलाई सुम्पेको देखिन्छ । प्रधानमन्त्री स्वास्थ्य विमा अन्र्तगत ५ करोड नागरिकहरूलाई ५ लाखको विमा सरकारले गराएको देखिन्छ । ८० करोड जनताको खातामा नै आर्थिक राहत प्राप्त हुनु संसारको लागि नौलो प्रयोग हो ।

प्रधानमन्त्री जनघन योजना, नलसेजल योजना, मातृबन्धना योजना, कस्तुरवाई वन्धु वालीमा योजना, किशान फसल योजना जस्ता अनेकौ समावेशी योजनाद्वारा सरकारले जनतालाई राहत प्रदान गरेको देखिन्छ । राज्यद्वारा प्रदत सुविधा विद्युत्तीयकरणवाट मात्र सम्भव भएको देखिन्छ । भारतले विद्युत्तीयकरणको प्रयोग संसारको लागि नै दृष्टान्त भएको देखिन्छ । मोदीको “डिजिटल इण्डिया” चुनावी मुद्दा समेत बनेको देखिन्छ । वामपन्थी दृष्टिकोण राख्ने विश्लेषकहरूले मोदीको आर्थिक कार्यक्रमले गरिव र धनी विच खाडल बढेको आरोप देखिन्छ । मोदीको आर्थिक कार्यक्रमले गरिवी र वेरोजगारी दर बढेको आरोप उनीहरूको रहेको छ । वर्तमान परिवेशमा शास्त्रीय र्माक्सवाद देशको आर्थिक स्वास्थ्य मापन गर्न कठिन हुने गर्दछ । अर्थतन्त्रको आधार स्तम्भ नै पू‘जीको निर्माण हो । यस दृष्टभूमीमा देशको आर्थिक मेरुदण्ड बलियो भएको खण्डमा नै राज्यले जनताको जीवन सुविधा र समपन्नता प्रदान गर्न सक्दछ ।

दक्षिण एसियाको लागि मोदीको परराष्ट्र नीतिको प्रयोग समेत अनुकरणीय रहेको छ । मोदी सरकारको परराष्ट्रनीति परिचालित गर्दा मुलुकको हितलाई वडो दृढताका साथ अगाडि राख्ने गर्दछ । सन्तुलित परराष्ट्र नीतिको आलोचना नै अमेरिकासंग सामीप्यता बढाउ‘दै रसियासंगको सम्बन्धलाई समेत सन्तुलित गरेको छ । अर्थात् रसिया युक्रेन युद्धताका मोदीले पुटिन र जेलेन्सकीलाई एक साथ सम्वाद गरेर केहि पलको लागि युद्ध विराम गराउदै २० हजार भारतेली विद्यार्थीहरूलाई अपरेशन गंगााद्वारा मुक्त गराएर भारतीय परराष्ट्र नीतिको सार्मथ्यको परिचय दिएका थिए । इजरायल, सुडान, यमन लगायत अनेकौं युद्धरत भुमीबाट भारतेलीहरूलाई मुक्त गराएर सरकारले परराष्ट्र नीतिको प्रयोग जनतालाई देखाएको छ । बदलिदो परिवेशमा अरबीयन सागरमा मालवाहकहरूलाई हुति विद्रोहीले दवाव र आक्रमण गरिरहेको अवस्था छ । हिन्द महासागरीय नीति अन्र्तगत भारतले २० वटा युद्ध पोतहरू अरवीयन समुद्रमा परिचालित गर्दै अरु मुलुकहरू मालवाहकलाई समेत सुरक्षा प्रदान गरिरहेको छ । भारत अमेरिकी कूटनीति वडो रोचक देखिएको छ ।

एका तर्फ भारत र अमेरिकाका विच सहयात्रा निरन्तर बढिरहेको छ भने अर्को तर्फ भारतले अमेरिकी दबाबमा रहेको मुलुकहरूसंगको सम्बन्धलाई धनिभूत रूपले आगाडि बढाइरहेको छ । राष्ट्रलाई सार्मथ्यवान बनाउन समपर्णवादलाई आत्मसाथ गर्नु हु‘दैन । वर्तमान परिवेशमा इरान अमेरिकी नाकावादीमा रहेको छ । इरान अमेरिकी आर्थिक नाकावादीमा भएता पनि भारतले भर्खरै इरानको चावाहार वन्दरगाह १० वर्षको सम्झौता गरेको देखिन्छ । भारतको भौगोलीक बनौटले गर्दा चावाहर बडो महत्वपूर्ण रहेको देखिन्छ । चावाहार बन्दरगाहको मद्यतले भारतले अफगानिस्तान, मध्य एसिया, रुस लगायत अनेकौं मुलुकहरूसँग व्यापार गर्न सक्दछ । भारतको आर्थिक विकासको दृष्टिले चावाहर बडो महत्वपूर्ण देखिन्छ ।

यसरी मोदीनोमिक्सले भारतको आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा कायापलट भएको छ । विश्व सामु भारतको मात्र नभई दक्षिण एशियाकै सशक्त परिचय स्थापित भएको छ । मोदीनोमिक्सबाट विश्वका कतिपय देशले सिक्न थालेका छन् । मानववादको आधार टेकेर प्रयोगमा आएको मोदीनोमिक्सका कारण एशियामा धर्मलाई अफिम भन्ने र भौतिकवादी मात्र बन्न खोज्ने मार्क्सवादी चिन्तनतर्फ विकर्षण बढ्दै विसर्जनको दिशामा छ ।

 

प्रतिक्रिया