१२ श्रावण २०८१, शनिबार | July 27, 2024

प्रहरीमा राष्ट्रिय अनुसन्धानबाट आएका एसएसपी बढुवामा रोकिए, कार्की, केसी र अधिकारीले उछिने


581
Shares

काठमाडौं, ५ जेठ । नेपाल प्रहरीको एसएसपीबाट डिआइजीमा भएको बढुवा सिफारिशमा राष्ट्रिय अनुसन्धान विभागबाट स्थानान्तरण भएकाहरु परेनन् । भर्ना मितिमा वरिष्ठ भएपनि उनीहरु बढुवामा नपरेका हुन् ।

प्रहरीभित्र राष्ट्रिय अनुसन्धान विभागबाट आएका टोलीप्रति हेर्ने दृष्टिकोण सकारात्मक छैन । आइजीपी वसन्त कुँवरले यसकारण पनि बढुवा सिफारिशमा उनीहरुलाई पारेनन् । कार्यक्षमतामा पनि अनुसन्धान विभागबाट प्रहरीमा स्थानान्तरण भएका टोलीमा कमजोरीहरु देखिने गरेको छ ।

यसपटक बढुवामा रोकिनेमा एसएसपीहरु सिद्धिविक्रम शाह, सुशिल सिंह राठौर र उमाप्रसाद चतुर्वेदी हुन् । उनीहरु २०५३ को टोली हुन् । २०५४ को तीनजना बढुवामा पर्दा राष्ट्रिय अनुसन्धानबाट स्थानान्तरण गरेकाहरु परेनन् ।

बढुवा सिफारिशमा पहिलो नम्बरमा २०५२ मा इन्स्पेक्टर भएका कृष्णहरि शर्मा पोखरेल छन् । त्यसपछि सिफारिशमा परेकाहरु २०५४ मा इन्स्पेक्टर भएकाहरु दानबहादुर कार्की, डा. मनोज केसी र राजन अधिकारी छन् । कार्की र केसी नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा नाम कमाएका प्रहरी अधिकृतहरु हुन् ।

प्रहरीमा तीन ब्याची अघिका एसएसपीहरुलाई उछिन्दै कार्की, केसी र अधिकारीले बाजी मारेका छन् । अब यी तीनैजनालाई भावी आइजीपीको प्रतिष्पर्धीका रुपमा हेरिएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया