१२ श्रावण २०८१, शनिबार | July 27, 2024

कोशीमा एसले मत हालेपछि सुदूरपश्चिममा एमालेले मत हाल्ने


166
Shares

काठमाडौं, २ जेठ । कोशीमा मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत दियो नेकपा एसले । कार्कीले विश्वासको मत पाएपछि मात्र सुदूरपश्चिम प्रदेशमा दीर्घबहादुर सोडारीलाई मत दिन तयार भयो नेकपा एमाले ।

कुनैबेला एउटै पार्टी रहेको एमाले र एस विभाजित भएपछि पहिलोपटक एउटै गठबन्धनमा छन् । तर, उनीहरुबीच एक अर्कालाई अप्ठ्यारो पार्ने योजना बनाइरहन्छन् ।

एसलाई गठबन्धनमा ल्याउन प्रचण्डले निकै कसरत गरेका थिए । केपी शर्मा ओलीले समेत माधवकुमार नेपाललाई निवासमै गएर फकाएका थिए । तर, माधव नेपाल उपयुक्त समयको पर्खाइमा छन् ।

सरकार ढाल्ने प्रयास नचलेको होइन । तर, जसपा नेपाल फुटेपछि धक्का लाग्यो । तर, प्रयास अझै चलिरहेको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया