सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
काठमाडौं, १ जेठ । सरकारको नीति तथा कार्यक्रम मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेका छन् । २०८१ ८२ को नीति तथा कार्यक्रममा महत्वाकांक्षी योजनाहरु घोषणा भएका छन् ।
कार्यक्रममा कृषि लगानी दशक, सूचना प्रविधिको दशक घोषणासहित ५ हजारलाई रोजगारी दिने, ५ लाख भूमिहिनलाई जग्गा दिने, १ हजारलाई स्टार्टअप उद्दोगमा सहुलियत कर्जालगायत समावेश छन् ।