भारत र चीनको दक्षिण एसियामा टकराव
विपिन देवः दक्षिण एसिया सम्भावना र अवसरले भरिपूर्ण छ । संस्कृती र सभ्यताको सम्वाहक हुनुको साथै उत्पादनको हिसावले समेत अब्वल मानिन्छ यो क्षेत्र । ब्रिटिश उपनिवेशले दक्षिण एसियालाई प्रचुर मात्रामा दोहन गरेका थिए । वर्तमान परिवेशमा दक्षिण एसियामा भारत र चीनको सामरिक टकराव यत्रतत्र देखिन्छ । भौगोलिक बनोटले गर्दा भारतको सीमा दक्षिण एसियाका हरेक मुलुकहरूसँग जोडिएको छ । वङ्गलादेश, म्यानमार, पाकिस्तान, भुटान, श्रीलङ्का र नेपालसंग भारतको सीमा जोडिएकोले भारत दक्षिण एसियाको ट्रान्जीट प्वाइन्ट वन्न सम्भावना बोकेको छ । संस्कृती र सभ्यताको हिसाबले समेत भारतको सामिप्यता यी मुलुकहरूसंग सघन रहेको छ ।
राजनीतिक उथल पुथलमा समेत भारतको प्रभावको बारेमा यी मुलुकहरूमा व्यापक वहस हुने गर्दछ । भू-राजनैतिक बनौटले गर्दा दक्षिण एसियाली मुलुकहरूमा चीन भन्दा भारतको प्रभाव अधिक रहेको देखिन्छ । यसको प्रमुख कारक तत्वको रूपमा भारतको स्वतन्त्रता संग्राम नै रहेको छ । दक्षिण एसियाका अधिकांश उच्च माध्यम वर्गीय विद्यार्थीहरू भारतका विख्यात विद्यापिठहरूमा अध्यापन गर्नुको कारणले गर्दा उनीहरूको भारतीय स्वतन्त्रता संग्राम कुनै न कुनै रूपमा सहभागिता रहेको थियो । गान्धीको प्रभावबाट सबै सम्मोहित भएका थिए । यस अर्थमा भारत स्वतन्त्र हुन वित्तिकै त्यसको प्रभाव दक्षिण एसियामा पर्न गयो । यसको प्रतिनिधि उदाहरणको रूपमा नेपाललाई नै लिन सकिन्छ ।
वि.पि.कोइराला, मनमोहन अधिकारी, कृष्ण प्रसाद भट्टराई जस्ता अनेकौ नेताहरू भारतीय स्वतन्त्रता संग्राममा अहम भूमिका खेलेका थिए । त्यस कारणले समेत भारतीय स्वतन्त्रता संग्रामको गहिरो प्रभाव नेपालमा परेको थियो । नेपालको राजनीतिक परिर्वतनमा समेत कुनै न कुनै रूपमा भारतको प्रभाव देखिन्छ । बङ्गलादेशको उदाहरण पृथक रहेको छ । बङ्गलादेश सत्तरीको दशक भन्दा पहिले पाकिस्तानको भू-भाग थियो । मुजुवुहर रहमानको नेतृत्वमा पाकिस्तानमा भाषाको ठुलो आन्दोलन भएको थियो । सन् १९७१ ताका तत्कालीन पाकिस्तानको सैनिक शासनको विरोधमा भारतले पाकिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै सैनिक शासनको ज्यादतीलाई परास्त गर्दै भारत बङ्गलादेशको धाईआमा बन्न सफल भएका थिए । सन् १९९७१ म बङ्गलादेशलाई संसारमा सबभन्दा पहिले अनुमोदन गर्ने देश समेत भारत नै रहेको थियो । इतिहासको त्यो कालखण्डमा भारतले एक साथ अमेरिका, चीन र पाकिस्तानसंग समेत टक्कर लिनु परेको थियो । असीको दशकमा श्रीलङ्काको गृहयुद्धमा भारतले श्रीलङ्मा शान्ती सेना समेत परिचालित गरेका थिए । राजीव गान्धी प्रधानमन्त्री हु‘दा श्रीलङ्काको राजनीतिक व्यवस्थापनलाई भारतले उच्च महत्व दिएको थियो । भुटान सामरिक रूपमा सदैव भारतको प्रभावमा रहेको छ भने म्यानमारमा प्रजातान्त्रिक खेमामा भारतको गहिरो प्रभाव रहेको छ भने सैनिक खेमामा चीन अब्वल रहेको छ ।
दक्षिण एसियाली मुलुकहरूमा चीन र भारतको सामरिक टकराव रहेको छ । असीको दशकमा भारत र चीनको अर्थतन्त्रको आकार र प्रति व्यक्ति आयमा एकरूपता भएता पनि वर्तमान परिवेशमा चीनमा अर्थतन्त्रको आकार १८ ट्रिलियन अमेरिकी डलर रहेको छ भने भारतको अर्थतन्त्रको आकार ४ ट्रिलियन अमेरिकी डलर रहेको छ । इतिहासको चक्र फेरी फेरिदै छ । वर्तमान परिवेशमा भारत पनि ७ प्रतिशतको वृद्धि दरले आर्थिक विकासमा उकालो लाग्दै छ । अर्थात् भारतलाई सामरिक दबाबमा राख्न दक्षिण एसियामा चीनले अर्जुन दृष्टि राखेको छ । भारत बङ्गलादेशको धाईआमा भएता पनि वङ्गलादेशमा चिनियाँ लगानी अधिक रहेको छ । चीन बङ्गलादेशको सबभन्दा ठुलो व्यापारिक साझेदारी रहेको छ । बङ्गलादेशले कुल खर्चको ६० प्रतिशत सैनिक उपकरण चीनबाट खरिद गर्ने गरेको छ । चीनले बङ्गलादेशलाई दुईवटा लडाकु पनडुब्बी समेत उपलब्ध गराएको छ । बङ्गलादेशको पेकुवा भन्ने बन्दरगाहमा ६ वटा पनडुब्बी व्यवस्थापन गर्ने चीनको लगानी भइरहेको छ । चीनको बढ्दो पहुँच र सामरिक गठबन्धनको प्रतिकारमा सन् २०१४ देखि मोदी सरकारले बङ्गलादेश प्रतिको नीतिमा व्यापक परिवर्तन ल्याएको देखिन्छ । अर्को शब्दमा भन्ने हो भने ५० वर्षदेखि भारत र बङ्गलादेश विच चलिआएको सीमा विवादलाई भारत वङ्गलादेशले निरुपण गरेको छ ।
भारत र वङ्गलादेश ४ हजार ९६ किलोमिटरले जोडिएको छ । भारत र वङ्गलादेश ५४ नदीहरूले समेत जोडिएको छ । चीनिया सामरिक दवावलाई मत्थर गर्ने भारतले विगत १० वर्ष आप्mनो लगानीमा तीव्रता दिएका छन् । वर्तमान परिवेशमा भारत वङ्गलादेश विच १६ विलियन अमेरिकी डलर भन्दा पनि अधिक व्यापार रहेको छ । वङ्गलादेशमा उर्जाको अभाव देखिएकोले गर्दा भारतको लगानीमा मैत्री थर्मल प्लान्टको विकास वङ्गलादेशमा भइरहेको छ । रेलवेदेखि रोडवेमा भारतको लगानी प्रचुर मात्रामा बढेको देखिन्छ । बङ्गलादेशको आर्थिक कायापलटको लागि भारतको कुल लगानी ६ अर्ब भन्दा पनि अधिक रहेको छ । चीनिया प्रभावलाई सन्तुलन गर्न भारतले आर्थिक समन्वयलाई सघन बनाउन गृहकार्यको साथ अगाडि बढिरहेको छ । श्रीलङ्कामा समेत चीन र भारतको सामरिक टकराव देखिएको छ । श्रीलङ्काको भू(राजनैतीक बनौट हिन्दमहासागरीय सामरिक नीतिको हिसावले धेरै महत्वपूर्ण रहेको छ । दक्षिण एसियाली मुलुकहरूको वन्दरगाहमा चीनिया सैनिक अड्डा भएको खण्डमा चीनले भारत लगायत अमेरिकालाई समेत दवाव दिन सक्ने रणनीति रहेको छ । तदनुरुप पाकिस्तानको ग्वादर बन्दरगाहमा चीनले व्यापक लगानी गरेको देखिन्छ । यही रणनीति अनुरुप चीनले श्रीलङ्काको हम्वनटोटा वन्दरगाहलाई आधुनिकरण गर्न लगानी गरेको थियो । चीनिया लगानीको उच्च दरको ब्याजले गर्दा श्रीलङ्काको अर्थतन्त्र दिवालीयापनको संघारमा गयो । खाद्यान्न र इन्धनको अभावले गर्दा जनताहरू सडकमा आए । नेताहरू सामाजिक रूपमा वहिस्कृत भए । श्रीलङ्कामा आर्थिक रूपमा आपत्तकालीन अवस्थामा पुगेको थियो । श्रीलङ्काको मुख्य आयश्रोत पर्यटना भएकोले हु‘दा कोरोनाको कहरको प्रभावले गर्दा त्यो क्षेत्र समेत प्रभावित भएको थियो ।
अन्तर्राष्ट्रिय मुद्राकोष लगायत विश्व वैंकले समेत वार्तालाई मात्रै अगाडि बढाएर राहत स्वरुप ऋण प्रवाह गर्न असर्मथता देखाएइ रहेको थियो । त्यो कालखण्डमा मानवीय संवेदना र छिमेकी प्रति सदासयतालाई ध्यानमा राखेर भारतले ४ दशमलव ५ विलियन अमेरिकी डलरको ऋण श्रीलङ्कालाई प्रदान गर्यो । पर्यटनलाई भरथेग गर्न समेत भारतीय पर्यटकहरूलाई भारत सरकारले विभिनन कार्यक्रमहरू समेत दियो । वर्तमान अवस्थामा श्रीलङ्काली जनताहरूको मनोग्रन्थीमा भारत प्रति सहानभूति रहेको छ । सन् २०१७ देखि चीनिया वि.आर.आई. परियोजनाका शिकार भएका मुलुकहरू मध्ये श्रीलङ्का एक प्रमुख भएकोले गर्दा दक्षिण एसियाका अन्य मुलुकहरू समेत चीनिया लगानी प्रति ससंकित रहेको छ । चीनिया वि.आर.आए. परियोजनामा दक्षिण एसियाली मुलुकहरूमा भारत र भुटान वाहेक सबैले हस्ताषर गरेका छन् । श्रीलङ्का वाहेक वि.आर.आए. परियोजनावाट सबभन्दा अधिक प्रभावित पाकिस्तान रहेको छ । पाकिस्तानको सिपेक योजनामा चीनिया लगानी ६५ विलियन अमेरिकी डलर रहेको छ । चीनिया उच्च व्याज दरले गर्दा पाकिस्तान विश्व वैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषलाई दिवालीयापनवाट बचाउन १८ पटक गुहार गर्ने मुलुकमा रहेको छ ।
अफगानीस्तानवाट अमेरिकी सैनिक फिर्ता हुनु, मध्य एसियामा अमेरिकी संलग्नता कमी हुनु र भातरसंग अमेरिकाको सघन सम्बन्ध हुनु जस्ता परिघटनाले गर्दा अमेरिका लगायत युरोपेली दातृसंस्थाले पाकिस्तानको आर्थिक विकासमा चासो लिएको देखिदैन । दक्षिण एसियामा आर्थिक अंकगणितीय हिसावले भुटान अब्वल रहेको छ । भुटानको आर्थिक मेरुदण्डलाई बलियो पार्न भारतको यथेष्ठ भुमिका रहेको छ । भुटानी सीमा डोकलमलाई जोठाउन चीनको विरोधमा भारतले सैन्य शक्ति नै परिचालित गरेका थिए । भुटान र चीन विच भर्खरै सीमा सम्बन्धि समझौता भएको छ । भुटानमा समेत चीनले आफ्नो प्रभाव र पराकम्पन बढाइरहेको छ । विगत पॉच दशकदेखि भुटानमा भारतको एकल प्रभाव रहेको थियो । चीनिया नीतिलाई सन्तुलन गर्न भारतले आफ्नो कूटनीतिक संयन्त्रलाई सुचारु र सक्रिय गरेको देखिन्छ । अर्थात् दक्षिण एसियामा भारत र चीन विच सामरिक टक्कर यत्र, तत्र र सर्वत्र देखिन्छ ।