२३ आश्विन २०८१, बुधबार | October 9, 2024

विकल पौडेलले भ्रष्टाचारको रकम सिंगापुर र न्युयोर्कमा यसरी पुर्याए, अख्तियारले दायर गर्यो मुद्दा


1.2k
Shares

काठमाडौं, ३० वैशाख । सुरक्षण मुद्रणका उपकरण खरिद प्रकरणमा विकल पौडेलसहित ६ व्यक्ति र कम्पनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । आइतबार विशेष अदालतमा दायर मुद्दामा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलसहितविरुद्ध ४० करोडभन्दा बढी बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर भएको हो ।

मुद्दा दायर भएकाहरुमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयका तत्कालीन मेकानिकल नविन कुमार पोखरेल, म्याक्स कम्पनी तथा सो कम्पनीका सीइओ अबबर हुसेन, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन लेखा अधिकृत खड्क बहादुर थापा र शाखा अधिकृत हरिवल्लभ घिमिरे पनि छन् ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार म्याक्स इन्टरनेशनलले प्राप्त गरेको ठेक्कामा उक्त सामान आपूर्ति गर्ने विदेशी कम्पनी ब्यानकोटेक प्रालिले कमिशनवापतको रकम विकल पौडेलको सिंगापुरस्थित युटाइटेड ओभरसिज बैंकमा रहेको एकल खाता तथा उनकी पत्नीको बैंक अफ अमेरिका, न्युयोर्कमा रहेको संयुक्त खातामा जम्मा गरेका छन् ।

विकल मात्र नभई यो प्रकरणमा उच्च सरकारी अधिकृत पनि मिलेको विषय बाहिर आएको थियो । ती अधिकृतहरुलाई विकलले रकम समेत पठाएको प्रमाण फेला परेको थियो । तर, उनीहरुविरुद्ध भने कुनै मुद्दा दायर भएको छैन ।

प्रतिक्रिया