१२ श्रावण २०८१, शनिबार | July 27, 2024

नेपाल टेलिकममा सुनिल पौडेलको अनियमिततालाई निरन्तरता दिदै संगीता पहाडी, नियुक्तिका लागि चलखेल


1.2k
Shares

नेपाली पेन, ३० वैशाख । नेपाल टेलिकमका निवर्तमान प्रबन्धक निर्देशक सुनिल पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर भई जेल हालिएका छन् । पौडेल आइटी माफियासँग जोडिएको खुलेपछि उनीमाथि मुद्दा दायर भएको थियो । सुनिलले नेपाल टेलिकममा रहँदा पनि थुप्रै अनियमित कामहरु बढाएको खुलेको छ । तर, यसमा उनलाई हालकी निमित्त महाप्रबन्धक संगिता पहाडीको साथ रहेको प्रमाणहरु फेला परेको छ ।

नेपाल टेलिकममा सुनिल पौडेलले नियुक्ति पाए पछि सिंगल भेन्डर धेरै नै गरिएको थियो र यसमा सुनिल पौडेललाई पहिला देखि नै संगिता पहाडीले साथ दिइन् । टेलिकममा ठूलै भेटी चढाएर नियुक्ति पाएपछि सुनिल पौडेलले सिंगल भेन्डर टेन्टर अर्थात् एकलौटी टेन्डर धेरै गरेका छन् । यसमा सुनिल पौडेललाई पहिला देखि नै हालकी निमित्त प्रबन्ध निर्देशक संगिता पहाडीले साथ दिइन् ।

संगिता पहाडी चिफ कमर्शियल अफिशस सीसीओ भए दखि नै कयौं प्रकारका टेण्डरहरुमा सुनिल पौडेल सँग मिलेर एकलौटि रुपमा टेण्डरको स्पेशिफिकेशनतयार गरी एउटै कम्पनीलाई मिल्ने गरी टेण्डर आह्वान गरिएको थियो । सुनिल पौडेललाई आफै निलम्बन हुनु भन्दा पहिला जानकारी प्राप्त हुनासाथ उनले संगिता पहाडीलाई चिफ टेक्निकल अफिशर सीटीओमा संगिता पहाडीलाई स्थानान्तरण गरिएको थियो । नेपाल टेलिकममा वरिष्ठताको आधारमा हाल कार्यरत निमित्त प्रबन्ध निर्देशक संगिता पहाडी त्यति बेला चौथो नम्बरको वरियता मा थिइन् । तर, आफूहरु फस्न लागेको देखेर सुनिल पौडेलले मन्त्रालयको सिफारिसमा संगिता पहाडीलाई निमित्त प्रबन्ध निर्देशक बनाउन सफल भए ।

संगिता पहाडीलाई निमित्त प्रबन्ध निर्देशक बनाए पछि सुनिल पौडेलको कामहरुले निरन्तरता पाएको छ । यसको उदाहरण हो हुवावे सिंगापुरलाई इन्टरकनेक्शन बीओआई एन्ड एसेसरिज टेन्डर र एमएपी इन्टरप्रेनर्सलाई अप्टिकल फाइबर टुल्स र अप्टिकर फाइबर टुल्स एसेसरिज टेन्डरहरु ।

यी सबै टेण्डरहरुमा स्पेशिफिकेशन एउटा मात्रै कम्पनी पूर्व छनोट हुने गरी बनाइएको छ । एउटै कम्पनिलाई प्रिक्वालिफाइड गर्ने योजनामा ठूलै घोटाला भेट्न सकिन्छ । अहिले अख्तियारले यी सबै टेण्डरहरुलाई छानबिन गरिरहेको छ ।

सुनिल पौडेल र संगिता पहाडी मिलेर गरेको सबै भन्दा ठूलो आयोजना एशिया इन्फोको पुरानो बिलिङलाई पाँच वर्षका लागि एएमएस एक्स्टेन्सन को सम्झौता हो । अहिले अख्तियारले नेपाल टेलिकममा कार्यरत र भुतपूर्व कर्मचारीहरु गरी ४२ जनाबाट यो मामलामा बयान लिने क्रम चलाएको छ । यो एएमएस एक्स्टेन्सन हुँदा बिलिङको मेन्टिेनेन्स अर्थात् पुननिर्माणको जिम्मा संगिता पहाडी चिफ कमर्शियल अफिसर सीसीओ कै अन्तर्गत जियो । यससम्बन्धी समितिमा उनी पनि संलग्न थिइन् ।

नेपाल टेलिकमको संचालक समितिको बैठकहरु (बैठक नं. ९९९ देखि हाल सम्म बिलिंग प्रणालीको लागि एएमएस विथ अपग्रेड खरिद गर्ने सम्बन्धी समितिहरु रिभ्यु एमओएम, रिभ्यु स्वीकृति तथा संचालक समितिमा पेश गर्ने टिप्पणी) मा उनी संलग्न रहेको तथ्य भेटिन्छ । यी मामलामा अनियमितता भएको खुलेपछि अख्तियारले छानविन चलाइरहेको छ । हालै अख्तियारले मागेको विवरण अनुसार उर्पयुक्त समितिहरुमा संगिता पहाडीको संलग्नता देखिन्छ ।


अहिले फेरि सुनिल पौडेल प्रबन्ध निर्देशक हुदाँ र संगिता पहाडी सीसीओ हुँदा बिलिङको टेन्डरलाई अन्तिम रुप दिइएको थियो । यो टेण्डरमा पनि सेटिङ्ग गरी सिमित कम्पनीहरु मात्र सहाभागी हुने गरी बोलपत्र निकालिएको छ । टेण्डरमा गार्टनर म्याजिक क्वाडरान्ट भनेर उल्लेख छ, जसमा सिमित कम्पनीहरु मात्रै भाग लिन सक्छन ।

अहिले मन्त्रालयले नयाँ प्रबन्ध निर्देशक को छनौट प्रकृया अगाडि बढाउन शुरु गरेको छ । छनोटका लागि पहिला नै पात्र तयार गरिएको छ । छनोटका लागि तयार गरिएको कार्यविधिमा डिल्ली खनाल र संगिता पहाडी मात्र छनोट हुने अवस्था बनाइएको बुझिएको छ । प्रबन्ध निर्देशकको छनोटमा प्रबन्धक र त्योभन्दा माथिको पदको र कम्तिमा १५ वर्ष अनुभव भएको उल्लेख गरिएको र त्यो प्रतिष्पर्धीविहिन बनाउने खेल अन्तर्गत हो । प्रबन्ध निर्देशकको उमेरहद पनि ५६ बाट बढाएर ५८ बनाइएको बुझिएको छ ।

आफू प्रबन्ध निर्देशक बन्न संगिता पहाडीले बिलिङको टेण्डरमा आउने कमिशनको लोभ देखाएरसञ्चार मन्त्री रेखा शर्मा र प्रधानमन्त्रीको सुपुत्री गंगा दाहाललाई प्रलोभनमा पार्न कोशिश गरिरहेकी छिन् । यसका लागि उनले विश्वासपात्र खटाएकी छिन् । उनी यही प्रलोभनसँगै नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्ति पाउन प्रयासरत छिन् । यो भनेको सुनिल पौडेलकै टिमले निरन्तरता पाउनु हो । जसका कारण विगतमा भएका भ्रष्टाचारका काण्डको फाइल लुकाउने देखि यो छानविन नै कमजोर हुन्छ । टेलिकम माफियाहरु यही खेलमा हात धोएर लागेका छन् ।

टेलिकमलाई धराशायी बनाउने र भ्रष्टाचारीको अखडा बनाउने खेल अन्तर्गत सबे भइरहेको छ । जसका कारण राज्यको अरबौं रकम डुबाउन खोजिएको छ । संगिता पहाडीलाई सुनिल पौडेलकै विगतका अनियमित कार्यको निरन्तरताका रुपमा बढाउन एउटा गिरोह सक्रिय छ । टेलिकममा ठूलो भ्रष्टाचारले निरन्तरता पाएको खुलेबाट अब बन्ने प्रबन्ध निर्देशक पनि भ्रष्टाचारमा जेल जान तयार हुनेगरी आउन खोजिरहेका छन् । यो आफैमा रोचक पक्ष हो ।

 

 

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया