१२ श्रावण २०८१, शनिबार | July 27, 2024

रुस-युक्रेन युद्ध कहिले रोकिएला ?


249
Shares

एजेन्सी, २८ वैशाख । रुस र युक्रेनबीचको युद्ध जारी छ । रुसले पहिला आक्रमण गरेपछि युद्ध चर्किएको हो ।

युद्धमा अमेरिकालगायत पश्चिमा देशहरु युक्रेनलाई सहयोग गरिरहेका छन् । रुस एक्लै लडेको देखिएपनि उसलाई चीन, उत्तर कोरिया जस्ता देशको भित्री समर्थन छ ।

युद्धमा युक्रेनले ठूलो क्षति भोगेको छ । युक्रेन नाटोमा जोडिन खोजेपनि रुसले प्रश्न उठायो । तर, युक्रेन अघि बढ्न खोजेपछि आक्रमण नै गर्यो ।

युद्धमा युक्रेनले ठूलो भूभाग गुमाइसकेको छ । अब त्यो फिर्ता हुने सम्भावना कमजोर छ ।

युद्धले सँसारभर तेलको मूल्य वृद्धि भयो । जसको असर उद्दोग व्यवसायमा भयो । खाद्यान्नको मूल्य ह्वात्तै बढ्यो ।

युद्धको असर गरिब देशमा बढी देखिएको छ । त्यसैले उनीहरु युद्ध रोकिने आशामा छन् ।

रुस झन् आक्रामक बनेको छ । युक्रेनलाई अमेरिकाले ठूलो परिमाणमा हतियार दिएको छ । यसले युद्ध रोकिने छाँटकाँट अझै देखिदैन ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया