५ आश्विन २०८१, शनिबार | September 21, 2024

आरोप प्रमाणित भए आफूले नभए गगनले राजनीति छाड्नुपर्ने गरी रविले दिए खुल्ला चुनौती


498
Shares

काठमाडौं, २७ वैशाख । संसदमा नेपाली काँग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबीच आरोप प्रत्यारोप सामाजिक सञ्जालसम्म फैलिएको छ । शुक्रबार संसदमा बोल्दै काँग्रेस महामन्त्री गगन थापाले रास्वपा अध्यक्ष रवि लामिछानेमाथि गम्भीर आरोप लगाए ।

थापाले लामिछानेविरुद्ध आफै फारम भरेर सहकारीबाट ऋण लिएको आरोप लगाए । संसदमा थापाको अभिव्यक्तिले तरंग नै ल्यायो ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका लामिछानेले साँझ सामाजिक सञ्जालमा गगन थापालाई चुनौती दिदै आफूमाथिको आरोप प्रमाणित गरे राजनीति नै छाड्ने बताए । उनले फेसबुकमा लेखेका छन्, ‘काँग्रेस र गगन थापाजीहरुले आरोप लगाए जस्तो मैंले खुद आफैले फारम भरेर उक्त सहकारीबाट ऋण मागेको लिएको प्रमाणित गरिदिनुस्, म राजनीति छाडिदिन्छु ।’ तर, लामिछानेले आरोप प्रमाणित नभए गगन थापाले राजनीति छाड्न तयार हुनुपर्ने समेत बताएका छन् ।

उनले गगन थापालाई चुनौती दिदै अगाडि लेखेका छन्, ‘प्रमाणित नगरे तपाईँ राजनीति छोड्न तयार हो ? लामिछानेले किर्ते कागज र काइते तर्क दिएर गोलमटोल जवाफ दिएको समेत आरोप लगाए ।’

लामिछानेले आफूलाई बदनाम मात्र गर्न खोजेको दाबी गरेका छन् । आफूमाथि संसदीय छानबिन समितिको माग गर्दै काँग्रेसले दोकान चलाएको उनको आरोप थियो ।

प्रतिक्रिया