१२ श्रावण २०८१, शनिबार | July 27, 2024

पेमेन्ट गेटवे काण्डमा सुनिल पौडेलविरुद्ध २३ करोड जरिवाना र ९ वर्ष कैद सजाय


498
Shares

काठमाडौं, २५ वैशाख । सरकारी कारोबार विद्युतीय माध्यमबाट गर्ने भुक्तानी प्रणाली (पेमेन्ट गेटवे) का उपकरण तथा परामर्श सेवा खरिदमा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेलमाथि विशेष अदालतले सजाय तोकेको छ । विशेष अदालतले भ्रष्टाचारमा दोषी ठहर पौडेललाई सवा २३ करोड जरिवाना र ९ वर्ष कैद सजाय तोकेको हो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले उक्त सजाय तोकेको हो ।

यो प्रकरणमा हाल अर्थ मन्त्रालयमा सरुवा भएका सचिव मधुकुमार मरासिनीलगायत ८ जनालाई भने विशेष अदालतले सफाइ दिइसकेको छ । मरासिनीसहित सरकारी कर्मचारी सबैले सफाई पाएपनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालतमा जाने भएको छ ।

कर्मचारी सबैले सफाई पाएर राजनीतिक नियुक्तिबाट आएका पौडेल भने सजाय तोकिएर डिल्लीबजार कारागार चलान भएका छन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया