१२ श्रावण २०८१, शनिबार | July 27, 2024

रुस र पश्चिमा शक्तिको टकराव बढ्दा आणविक हतियारको प्रयोगको खतरा


747
Shares

एजेन्सी, २४ वैशाख । पश्चिमा देशहरुले युक्रेनलाई बलियो समर्थनको सन्देश दिइरहेका छन् । रुसले युक्रेनलाई युद्धमा पछि धकेल्दै गएपछि कतिपय यूरोपेली देशहरु स्थल सैनिक पठाउने तयारीमा पुगेका छन् ।

युक्रेन युद्ध लम्बिदै जानुका साथै पश्चिमा शक्ति प्रत्यक्ष सहभागी हुने अवस्था विकास हुँदै गइरहेको छ । यसले आणविक हतियारको प्रयोगको खतरा बढेको छ ।

रुसले आणविक हतियारको प्रयोगसम्बन्धी अभ्यासको घोषणा गरेको छ । रणनीतिक आणविक हतियारको प्रयोगसम्बन्धी अभ्यास भएमा अर्को खतरा बढ्न सक्छ ।

रुस सँसारमा सबैभन्दा बढी आणविक शक्ति भएको देश हो । रुस आक्रामक भएमा सँसारमा आणविक हतियारको प्रयोग हुनसक्छ ।

दोस्रो विश्वयुद्धमा जापानमाथि अमेरिकाले आणविक हतियारको प्रयोग गरेपछि यसको प्रयोग भएको छैन । तर, यति लामो समयमा बलिया देशले खतरनाक हतियारको विकास गरेका छन् । यसले सँसारमा ठूलै क्षति पुग्नसक्छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया