२३ भाद्र २०८१, आइतबार | September 8, 2024

काँग्रेस-एमाले मिल्लान् ?


1.2k
Shares

काठमाडौं, २२ वैशाख । नेपाली काँग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले देशमा जटिल अवस्था आउँदा काँग्रेस र एमाले मिलेको विगत उल्लेख गरेका छन् । उनको स्पष्ट संकेत सरकार निर्माणमा काँग्रेस र एमाले मिल्नसक्ने हो ।

पछिल्लो समय काँग्रेस र एमाले पहिलो र दोस्रो ठूलो दल भएपनि साना दलले उनीहरुको टकरावको लाभ लिइरहेका छन् । विशेषगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले काँग्रेस र एमालेको द्वन्द्वको फाइदा उठाउँदै प्रधानमन्त्री भएका छन् ।

चुनावअघि प्रचण्डले काँग्रेससँगको गठबन्धन बनाएका थिए । तर, चुनावपछि एमालेसँग गठबन्धन गरेर सरकार बनाए । तर, दुई महिनामै प्रचण्डले फेरि काँग्रेससँगको गठबन्धन बनाए । फेरि उनले नयाँ गठबन्धन गरेर एमालेसँग मिलेर सरकार बनाएका छन् । यो क्रम यसरी नै चलेमा अबको पाँच वर्ष नै प्रचण्ड प्रधानमन्त्री हुने परिस्थिति हुनसक्छ ।

राजनीतिक खेल निरन्तर चलिरहँदा नयाँ घटनाक्रम विकास भएको छ । प्रचण्ड सरकार धरमराएको छ अहिले । प्रचण्डको विकल्प खोज्न सत्ता गठबन्धनकै नेकपा एस लागेको छ । अर्कोतर्फ, शेरबहादुर देउवा र केपी शर्मा ओलीबीच भित्र भित्रै छलफल बढेको छ ।

देउवा र ओली मिलेमा प्रचण्डलाई ठूलो झड्का लाग्न सक्छ । उनी यसकारण पनि छटपटिएका छन् ।

पहिलो र दोस्रो दल मिलेमा भारी बहुमत पुग्छ । तर, त्यो सजिलो भने छैन । नेपाली राजनीतिमा असम्भव भन्ने पनि छैन । देउवा र ओली मिलेमा तेस्रो या अन्य साना दलको सरकारमा जाने अवसरमा असर पर्न सक्छ । उनीहरु ठूला दलबीचको विवादको लाभ लिइरहेका छन् । यो क्रम या त कसैको बहुमत आए टुंगिन्छ या त दुई ठूला दल मिलेमा टुंगिन्छ ।

प्रतिक्रिया