१२ श्रावण २०८१, शनिबार | July 27, 2024

आइटी माफियाको योजनामा इन्टरनेटमा कृत्तिम गडबडी


415
Shares

काठमाडौं, २१ वैशाख । देशमा कालाबजारीले कृतिम अभाव सृजना गरेर मूल्यवृद्धि गरेको त हामी भुक्तभोगी नै छौं । त्यस्तै कालोबजारी र कृत्तिम रुपमै समस्या ल्याउने र स्वार्थपूर्ति गर्ने खेल आइटी माफिया लागेका छन् ।

देशमा आइटी माफियाले ब्रम्हलुट नै मच्चाएका छन् । उनीहरुले कर छलीको पराकाष्ट नै गरे । राज्य संचालन गर्नेलाई प्रभावित मात्र पारेका छैनन् महत्वपूर्ण पदमा नियुक्ति समेत गराउन थालेका छन् ।

२० वैशाखमा अचानक देशभर इन्टरनेटमा गडबडी भयो । त्यसको कारण हो व्याडविथ खरिदवापत् भारतीय कम्पनी एयरटेललाई पैसा नतिर्नु । इन्टरनेट कम्पनीहरुले सटहीलगायतका बहाना देखाए । योजनावद्ध तरिकाले भारतलाई गालीगलौज गर्ने सम्म गरियो ।

यसका पछाडि ब्याण्डविथ खरिद अब अन्यत्र गर्ने योजना हो जसमा प्रधानमन्त्री प्रचण्डकी विश्वासपात्र सञ्चारमन्त्री रेखा शर्मा नै लागेकी छिन् । उनका पति कृष्णध्वज खड्काको हिमचिम आइटी माफियासँग छ र उनको सक्रियता त्यस अनुरुप नै भइरहेको छ ।

इन्टरनेटको विषयमा मन्त्री शर्माले अरु विकल्पबाट इन्टरनेटलाई पुरानै गतिमा ल्याइने अभिव्यक्ति दिइन् । व्याडविथ खरिदबारे समस्या भएको भन्दै अन्य विकल्प खोज्ने बताइन् । उनको आशय अब चिनियाँ कम्पनीबाट व्याडविथ खरिद गर्ने हो ।

मन्त्री शर्माले नेपाल दूरसञ्चार प्राधिकरणमा आफ्ना पूर्व सल्लाहकार भूपेन्द्र भण्डारीलाई नियुक्ति दिलाएकी छिन् । भण्डारीको नियुक्ति पछाडि आइटी माफियाको हात रहेको तथ्य खुल्दै गएको छ ।

भण्डारीले टेलिकममा नयाँ कम्पनीलाई भित्राउन खोजेका छन् । यसमा पनि सञ्चारमन्त्री शर्माको योजना लुकेको छ ।

एनसेलका पूर्व कर्मचारी भण्डारीले कर छलीमा घुमाउरो खेल खेलिदिए । यो प्रकरणलाई सामसुम पार्ने माहोल तयार गरिदिएका छन् । तर, कर असुलीतर्फ कुनै ध्यान गएको छैन जिम्मेवार निकायको ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया