३१ बैशाख २०८३, बिहिबार | May 14, 2026

विद्यार्थी आन्दोलनको आगामी दिशा


10.6k
Shares

रमेश कण्डेलः विद्यार्थी समूह आफैमा एउटा सोच, उर्जा र परिवर्तनको पक्षधर, संकल्पबद्ध शक्ति, जागरूक, जिज्ञासु, गलत प्रवृत्तिको विरूद्धमा सदैव तयार रहने समूह हो । विद्यार्थी शक्तिको सही पहिचान र उचित मार्गमा उपयोग हुन सक्यो भने समाज र राष्ट्रको रूपान्तरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । १६ र १७ औँ शताब्दीमा युरोपमा कैथोलिक चर्च सुधार आन्दोलन, बीसौँ शताब्दीमा भारतमा भएको स्वतन्त्रताको आन्दोलन, जेपी आन्दोलन, चीनको जापानी साम्राज्य विरूद्धको आन्दोलन, जापानको अमेरिकी साम्राज्यवाद विरूद्धको आन्दोलन, क्युवा, चेकोस्लोभाकिया र फ्रान्सको राजनैतिक परिवर्तनका आन्दोलन, उत्तर एवं दक्षिण कोरिया, श्रीलङ्का, बंगलादेश, क्यानडा आदि तमाम देशमा भएका राजनैतिक एवम् सामाजिक परिवर्तनका आन्दोलनमा विद्यार्थीले संगठित शक्तिको प्रतिमान स्थापित गरेका थिए ।

नेपालको सन्दर्भमा विद्यार्थी आन्दोलनले करिब ८ दशकको स्मरणीय र प्रेरणादायी इतिहास निर्माण गरेको छ । नेपाली राजनीतिका तत्कालीन व्यवस्था र परिस्थितिको अन्त्य र नवीन व्यवस्थाको निर्माणका लागि मुख्यरूपमा केन्द्रित नेपालको विद्यार्थी राजनीतिको भूमिका विगतमा उदाहरणीय र प्रशंसनीय रह्यो ।

राणाकालमा चलेको ‘जयतु संस्कृतम्’ आन्दोलन, २०३६, २०४६ पञ्चायत विरूद्धको आन्दोलन, २०६२ र ०६३ जनआन्दोलनसँगै राजनैतिक परिवर्तनमा विद्यार्थी आन्दोलनले महत्वपूर्ण भूमिका निर्वाह गर्‍यो । विश्वविद्यालयको विद्यार्थी राजनीति र विद्यार्थी राजनीतिमार्फत् युवामा जागृत राजनैतिक चेतनाका कारण राजनीतिमा युवा सहभागिता र चासोले प्राथमिकता पाउँदै गयो । सामाजिक एवम् राजनैतिक परिवर्तनका मुद्दामा सम्पूर्ण विद्यार्थी शक्ति एकसाथ अगाडि बढ्यो, विद्यार्थी आन्दोलनको यो सुन्दर पक्ष थियो ।

विगत १ र २ दशकमा विद्यार्थी भूमिका र आन्दोलनको औचित्यता र आवश्यकतामाथि पटकपटक बहस् हुने गरेको छ । विद्यार्थी आन्दोलनको अबको दिशा के रु विद्यार्थी आन्दोलनका मुद्दा, आन्दोलनको शैली कस्तो हुनु पर्ने हो रु अपवाद बाहेक विगतमा राणा शासन, पञ्चायत व्यवस्था एवम् सत्ताको विरूद्धमा दलीय विचार र राजनीतिक परिवर्तनका वाहकको रूपमा विद्यार्थी आन्दोलन र संगठनहरू अगाडि बढिरहँदा प्रजातन्त्र, लोकतन्त्र आदि व्यवस्था प्राप्तिसँगै अब विद्यार्थी आन्दोलनको भूमिका के रु यो प्रश्नले जबाफ खोजिरहेको छ । सत्ता परिवर्तन र व्यवस्था विरूद्धको आसपासमा रूमलिएको विगतको विद्यार्थी आन्दोलनको आगामी भविष्य, भूमिका र आवश्यकताको बारेमा गम्भीर बहस् आवश्यकता छ । राजनीतिक दल र विचारबाट प्रेरित रहँदै सोही दल, विचार र दलका एजेण्डालाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको विद्यार्थी आन्दोलनको वर्तमान परिस्थिति र भूमिकाको समीक्षा अनिवार्य छ ।

अधिकांश विद्यार्थी आन्दोलनका नेतृत्वकर्ताको केन्द्रविन्दु राजनैतिक दल, दलीय पदाधिकारीको साथमा सामिप्य, पद, प्रतिष्ठा र सत्ताको मोह बढ्दै जाँदा विद्यार्थी आन्दोलन मात्र सत्ता प्राप्तिको मार्ग बन्दै गइरहेको छ जसको कारण विद्यार्थी गतिविधिहरू दलीय नियन्त्रण र निर्देशनमा अगाडि बढ्न बाध्य छन् । विगतका सबै आन्दोलनबाट प्राप्त उपलब्धी र युवा विद्यार्थीको अपेक्षा तथा आवश्यकता पूर्णताका लागि

प्रतिक्रिया