३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

हिन्दू धर्म संस्कृतिको रक्षाका लागि कलम चलाउँदै आएका पत्रकार सन्तोष आचार्यलाई धम्की


7.3k
Shares

काठमाडौं, १७ वैशाख । हिन्दू धर्म संस्कृतिको रक्षाका लागि निडरतापूर्वक कलम चलाउँदै आएका पत्रकार तथा विश्लेषक सन्तोष आचार्यलाई डर, धाक र धम्की बढेको छ । उनले हिन्दू धर्मको रक्षा र धर्मान्तरणविरुद्ध कलम चलाउँदै आएकोमा धम्की आएको हो ।

आचार्यविरुद्ध पटक पटक षड्यन्त्रहरु चल्दै आएको छ । उनलाई पछिल्लो समय केही अज्ञात व्यक्तिहरुको समूहले उजूरी गरेको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गर्न खोजेको बुझिएको छ ।

नेपाली पेन डट कमका स्तम्भकार समेत रहेका आचार्यको घरमा सादा पोशाकमा विभिन्न व्यक्तिहरु पुगेको समेत बुझिएको छ ।

यसबारे आचार्यले आफू कुनैपनि डर, धाक, धम्की र त्रासका सामु नडराई राष्ट्रको धर्म संस्कृतिको रक्षामा अहोरात्र लागिरहने बताए । उनले कानूनसम्मत रुपमा कुनैपनि चुनौतीको सामना गर्ने समेत स्पष्ट पारे ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया