३ जेष्ठ २०८१, बिहिबार | May 17, 2024

रविको मिसन ८४ यसरी बन्दैछ चकनाचुर


664
Shares

समाचार विश्लेषण । इलामको उपनिर्वाचनले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रभावमा लागेको ब्रेकलाई छर्लंग पारेको छ । मुख्य शहरहरुमा प्रभाव देखाएका लामिछाने विभिन्न काण्डमा मुछिएको सन्दर्भमा उपनिर्वाचन भएको हो । यसले पनि उनको दललाई धक्का लागेको छ ।

इलामको चुनावमा लामिछानेको दल रास्वपाका उम्मेदवार मिलन लिम्बू पराजित हुने निश्चित भइसकेको छ । उनी मुख्य प्रतिष्पर्धी उम्मेदवारमध्ये चौंथो स्थानमा रहने देखिएको छ । लिम्बूको जमानत जफत हुने स्थिति इलाममा देखिनुलाई रविमाथि ठूलै धक्का मान्नुपर्छ ।

रविले हल्ला र प्रोपोगान्डाको भरमा मात्र पार्टीको प्रभाव विस्तार गर्न खोजे । लामो इतिहास बोकेका काँग्रेस र एमालेको संगठनसामु उनलाई कठिन नै थियो । उनले संगठन विस्तार प्रभावकारी ढंगले गर्न पनि सकेनन् ।

रविसँग न त विद्यार्थी संगठन थियो न त युवा नै । कर्मचारी, ट्रेड युनीयन, शिक्षक देखि पूर्वकर्मचारी र पूर्वसुरक्षाकर्मीको समेत संघ संगठन बनाएका दलहरुसामु उनी निरिह बने इलाममा ।

राजनीतिमा रणनीति भन्दा पनि हौसिएर काम गर्ने शैली रविमा देखियो । उनको दलमा प्रवेश गरेका स्वर्णिम वाग्ले जस्ता नेता पनि धरातलमा उभिएर भन्दा हावामा तैरिएर गफ हाँक्न थाले । यो या त्यो विचारकालाई रास्वपामा निषेध नै रहेको अभिव्यक्ति दिन थाले । जुन लोकतान्त्रिक दलको चरित्र नै होइन ।

इलाममा रविले निकै शक्ति खर्चिएका थिए । तर, पहिचानवादीको प्रेसर पनि पर्यो । रविको दल रास्वपाको स्पष्ट सिद्धान्त र विचार नै खुलेन । पुराना दलको शैलीमै देखापर्न थाले ।

रविले मिसन ८४ त भने तर ८१ मै ठूलै धक्का खाए । यसले उनको दलको राजनीतिक भविष्यमाथि ठूलै क्षति पुर्याउन सक्छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया