११ जेष्ठ २०८१, शुक्रबार | May 24, 2024

नयाँ चुनावी भाष्य र इतिहास रच्दै भाजपा


1.7k
Shares

विपिन देव: सन् २०२४ को भारतीय चुनाव प्रजातन्त्र र संसदीय व्यवस्था प्रति अभिरूची राख्ने हरेक व्यक्तिको लागि रोचक भएको छ । २६०० राजनैतीक दलहरू रहभागी भएको भारतको १७ औं लोकसभाको चुनावमा राजनैतीक र आर्थिक प्रस्तावनामा विविधता र रोचकता देखिन्छ । “विकास” हरेक राजनितीक दलको प्रथम प्राथमिक्ता रहेको छ । जातिवाद, सम्प्रदायवाद र क्षेत्रीयता दिन प्रति दिन मत्थर भएको छ । मानवीय आकांक्षालाई प्रतयाभूत गर्न राजनैतिक दलहरू शव्द शिल्पकारका मद्यतले नयॉ आशाको किरण जन-जनको मनमा प्रत्यारोपण गर्न अभ्यास गरिरहको छ । भारतीय काँग्रेसले आफ्नो गौरख गाथा, त्याग र बलिदानको इतिहासलाई जनसमक्ष पु¥याउन भगिरथ प्रयास गरिरहेको छ । महात्मा गान्धीको छत्रछायामा पल्लवित र पुष्पित भएका भारतीय काङ्ग्रेससंग इतिहासको थाती छ, अनुभवको निक्षेप छ र बलिदानको वैभवता छ ।
यी हु‘दा-हु‘दै पनि भाजपाको हु‘कार र डंकार भारतीय चुनावी क्षितिजमा यत्र, तत्र र सर्वत्र व्याप्त छ ।

९७ करोड मतदाता सहभागी भएको चुनावलाई विश्व समुदायले पनि बडो चनाखो पूर्वक अवलोकन गरिरहेको छ । भारतीय चुनावी प्रक्रिया प्रति वेला वखतमा पश्चिमा सञ्चार माधयमहरूले कटाक्षपूर्ण अभिव्यक्ति दिदै आएको छ । खास अर्थमा क्रिसियन धर्मवाट प्रभावित छापाखानाहरू भारतीय चुनावमा “हिन्दुत्व अतीवाद”को स्थापना गर्न लागेको समेत आरोप लगाएको देखिन्छ । पश्चिमा छापाखानाहरूलाई वेला बखतमा भारतका परराष्ट्रमन्त्रीले प्रतिवाद गर्दै आएको छ । वृहत ढङ्गले समीक्षा गर्दा यसलाई समेत प्रजातान्त्रिक अभ्यास भन्न सकिन्छ । वास्तवमा सन् २०२४ को चुनावी अभियानमा विकासको मुद्या नै केन्द्रित रहेको छ ।

सन् २०१४ देखि सन् २०२४ को उपलब्धिलाई आफ्नो पू‘जी मान्दै जनताको अभिमत प्राप्त मोदीले चुनावी बागडोर सम्हालेका छन् । प्रत्येक राष्ट्रले निकासको लागि एउटा कालखण्ड प्राप्त गरेको हुन्छ । ५० को दशकमा जापानले विकासको यात्रामा लम्कन अवसर प्राप्त गरेको थियो । ६० को दशकमा दक्षिण कोरियाले यो अवसर प्राप्त गरेको थियो । ७० को दशकमा चीनको विकासको यात्रा संसारको लागि चम्तकार नै थियो । निरन्तर दुई दशकको विकासको यात्राले गर्दा चीन संसारको दोस्रो अर्थतन्त्र हुन सफल भएको थियो । वर्तमान परिवेषमा भारतलाई विकासको यात्राको लागि अवसर प्राप्त भएको छ । जनसख्यीक लाभांष, अब्वल नेतृत्व प्रजातान्त्रिक पद्धति, भू(राजनीतिक बनोट जस्ता अनेकौ कारणहरूले गर्दा भारत सामथ्र्यलाई सिद्धिमा परिणत गर्न जर्मको कसेको छ ।

सन् २०१४ देखि सन् २०२४ सम्मको विकासको उपलब्धिलाई मोदीले आप्mनो चुनावी अभियानको रूपमा व्याख्या गरिरहेको छ । भारतको चुनावी भाष्य पहिला भन्दा फरक देखिन्छ । ६० को दशकमा मितव्यता चुनावी भाष्य थियो । बङ्गालीहरू भोजनमा रसभरी खानु हुंदैन, भातको बदला रोटी जस्ता झिना मसिना कुराहरू चुनवी मुद्दा हुन्थ्यो । खाद्यान्नमा परनिर्भरता भएको कारणले गर्दा भारतमा तत्कालीन प्रधानमन्त्री लाल बहादुर शास्त्रीले सातामा एक दिन उपवास समेत वस्न जनता जर्नादनलाई अपिल गरेका थिए । तर वर्तमान परिवेशमा मुद्दाहरू फरक देखिन्छ । भारत सरकारले ४ करोड नयॉ पक्की घर बनाएर जनतालाई सुम्पेको छ । अर्थात् अष्ट्रेलीयाको कुल जनसंखया हो । १२ करोड चर्पी बनाएर जनतालाई सुर्पुत गरिएको छ । १२ करोड भन्नाले झण्डै जर्मनीको जनसंख्या हो । २५ करोड जनतालाई धाराबाट सफा खाने पानी सरकारले उपलब्ध गराएको छ । अर्थात् ब्राजिलको जनसंख्या जतिलाई जल उपलब्ध भएको छ । १२ करोड महिलाहरूले ग्यास चुल्हो प्राल्बद्ध भएको छ ।

३ दशमलव ५ करोड जनसंखयाले निःशुल्क विजुली जडान प्राप्त गरेका छन् । सरकारले विद्युत्तीयकरणको माध्यमले सरकारवाट प्राप्त सुविधा जन-जनसम्म उपलब्ध गराउन सफल भएको छ । विद्यत्तीयकरणले माध्यमवाट संसारको ४६ प्रतिशत डाटा भारतमा नै खपत हुने गरेको छ । सरकारले मुद्रा योजनाको माध्यमवाट ३० लाख करोड ऋण युवाहरूलाई उपलब्ध गराएको छ । प्रधानमन्त्री स्वनिधि योजना, विश्वर्कमा योजना लगायत अनेकौं योजनाहरूको माध्यमबाट जनताहरू लाभान्वित भएका छन् । वि.जे.पी.ले सरकारको प्राप्त गरेको उपलब्धिलाई चुनावमा पू‘जीकृत गर्न भारतमा हरेक प्रान्तमा चुनावी अभियान चलाएका छन् । वर्तमान परिवशेमा पाकिस्तान चुनावी भाष्य रहेको छैन । विगत ७ दशकमा भारतको हरेक चुनावमा पाकिस्तानी भाष्यले यथेष्ठ ठाउ‘ लिएको थियो । विश्व राजनीतिमा भारतको अवस्था प्रतिक्रियात्मक थियो ।

भारतीय कूटनीतिकहरू अमेरिका लगायत पश्चिमा संसारमा आतंकवाद जस्ता अनैकौ मुद्दाहरूवाट भारत आघात भएको अभिव्यक्ति दिने गर्थे । मोदीको युगमा भारत अन्तर्राष्ट्रिय मञ्चमा एजेण्डा सेटर भएको छ । जी ट्वेन्टी जस्ता अन्तर्राष्ट्रिय मञ्चहरूमा अमेरिका, रसिया र चीनका नेतृत्वहरू विच मिलनविन्दु खोज्ने काम भारतले गरेको छ । सन् २०२४ को चुनावमा मोदीको आत्म विश्वासका साथ तेस्रो कार्यकालको १०० दिनको लागि कार्यक्रम समेत घोषणा गरेर आत्मविश्वासको परिचय दिएका छन् । विपक्षीहरू यसलाई राजनीतिक लप्फावाजी समेत भनेका छन् । गुजरातदेखि दिल्लीसम्मको यात्रामा मोदी चुनावी अङ्कगणितको माहिर खेलाडी हुनुका साथै जनताको रसायन (केमेस्ट्री) बुझ् खप्पिस देखिएका छन् । सन् २०२४ को आम चुनावमा विविध भाष्यहरूको प्रयोग भएको देखिन्छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया