४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

कतारबाट नेपालमा लगानी आउला ?


664
Shares

काठमाडौं, १२ वैशाख । कतारका अमिर शेख नमिम बिन हमाद अल थानी नेपालको दुई दिने भ्रमण सकेर फर्किएका छन् । उनले नेपाललाई लगानीका लागि योग्य देश भने । के कतारले नेपालमा लगानी ल्याउला ?

कतार विश्वको धनीमध्येको देश हो । प्राकृतिक स्रोतको सदुपयोग गरेर कतार धनी बनेको छ । उसले विश्वकप फुटबल समेत आयोजना गरिसकेको छ ।

कतारले मेगासिटीहरु बनाएको छ । उसले लगानी पनि ठूलै भित्राएको छ ।

कतारले विदेशमा पनि लगानी गरिरहेको छ । उसले नेपालमा पनि लगानी गर्ने सम्भावना औल्याइएको छ । कतार फाउण्डेशन नेपालमा पनि सक्रिय छ ।

कतारको लगानी कुन क्षेत्रमा आउने हो निश्चित छैन । उसले बरु नेपालबाट कामदार लगेर लाभ लिइरहेको छ ।

कतारले नेपालमा लगानी गर्दा यहाँको बजारभन्दा भारत र चीनको बजारलाई लक्षित गरी गर्ने हो । त्यसका लागि वातावरण तयार गर्न सजिलो भने छैन ।

प्रतिक्रिया