७ मंसिर २०८१, शुक्रबार | November 22, 2024

कतारका राजाको भ्रमणमा बिदा दिएपछि सरकारको आलोचना


996
Shares

काठमाडौं, ११ वैशाख । नेपालका राष्ट्रपति या प्रधानमन्त्री विदेश जाँदा कुन तहको सम्मान र चासो हुन्छ ? तर, नेपालमा जुनसुकै देशका राष्ट्रपति, राजा या प्रधानमन्त्री आउँदा निकै तामझामका साथ स्वागत हुन्छ । कतिपय अवस्थामा त सार्वजनिक बिदा नै हुन्छ ।

कतारका राजा अर्थात् अमिर शेख नमिम बिन हमाद अल थानी मंगलबार नेपाल आउँदैछन् । उनको नेपाल आगमन निकै चासोका साथ हेरिएको छ । थानीलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल स्वयं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाने भएका छन् । उनलाई २१ तोपको सलामी पनि दिइने तय छ ।

विमानस्थलमा देशका उच्च अधिकारी सबै पुग्ने बुझिएको छ । कतारका अमिर थानीले यति ठूलो सम्मान पाउनुमा उक्त देशको नेपालमा बढ्दो चासो पनि हो ।

कतारका अमिरको नेपाल भ्रमण पारेर सार्वजनिक बिदा दिइएकोमा आलोचना भइरहेको छ । सामाजिक सञ्जालमा सर्वसाधारणले आलोचना गरिरहेका छन् । नेपाली उच्च अधिकारी विदेश जाँदा खासै महत्व नदिइनु र नेपालमा भने उनीहरु आउँदा विशेष महत्व दिइनुलाई आलोचनाको विशेष बनाइएको छ ।

कतारमा नेपालका लाखौं कामदार छन् । कतारले पनि नेपालमा गैर सरकारी संस्थामार्फत् गतिविधि गरिरहेको छ ।

प्रतिक्रिया