२३ भाद्र २०८१, आइतबार | September 8, 2024

भारतको सहयोगमा निर्माण हुने दार्चुलाको हिमाल माविको भवन शिलान्यास, जनविकास माविको भवन उद्घाटन


332
Shares

काठमाडौं, ७ वैशाख । दार्चुलाको हिमालय माविको भवन भारतको सहयोगमा बन्ने भएको छ । शुक्रबार व्याँस गाउँपालिकाका अध्यक्ष मंगल सिंह धामी र भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोनाले २ करोड ८२ लाख आर्थिक सहयोगमा निर्माण हुने उक्त विद्यालय भवनको शिलान्यास गरेका छन् ।

त्यसैगरी ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत ३ करोड ३७ लाखमा निर्माण गरिएको दुहुँ गाउँपालिकास्थित जनविकास माध्यमिक विद्यालयको भवनको उद्घाटन भएको छ । दुहुँ गाउँपालिकाका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडाल र भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोनाले संयुक्त रुपमा उद्घाटन गरे ।
उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षकरशिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।

व्याँस गाउँपालिकास्थित हिमालय माध्यमिक विद्यालयलाई आवश्यक अन्य सुविधासँगै दुई तल्ले विद्यालय भवन, शौचालय, पर्खाल र प्रवेशद्वार निर्माणमा उपयोग गरिने उल्लेख छ । त्यस्तै दुहुँ गाउँपालिकास्थित जनविकास माध्यमिक विद्यालयलाई आवश्यक अन्य सुविधासँगै विद्यालय भवनको निर्माणमा उपयोग गरिएको थियो ।

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यी दुवै परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो । श्री हिमालय माध्यमिक विद्यालयका लागि परियोजनाको कार्यान्वयन व्याँस गाउँपालिकामार्फत गरिनेछ भने श्री जनविकास माध्यमिक विद्यालयका लागि परियोजनाको कार्यान्वयन दुहुँ गाउँपालिकामार्फत गरिएको हो ।

शिलान्यास कार्यक्रममा बोल्दै व्याँस गाउँपालिका र दुहुँ गाउँपालिकाका अध्यक्षले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्याउदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे ।

दार्चुलास्थित श्री हिमालय माध्यमिक विद्यालय र श्री जनविकास माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि गुणस्तरिय शिक्षा प्रदान गर्न विद्यालयका नयाँ भवन उपयोगी हुनुका साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया