६ आश्विन २०८१, आइतबार | September 22, 2024

फुटबलको नाममा यस्तो सम्मः लागूऔषध कारोबारीलाई एन्फा उपाध्यक्ष


581
Shares

काठमाडौं, ५ वैशाख । फुटबल भनेपछि नेपाली हुरुक्क छन् । तर, यो विस्तारै घट्दै जान थालेको छ । नेपालको फुटबल विकास र व्यवस्थापनको निकाय अखिल नेपाल फुटबल संघ चरम राजनीतिमा फसेको छ ।

फुटबलमा नतिजा पनि राम्रो छैन । एन्फामा तीन पक्षबीच टकराव छ । उनीहरु आफू र आफ्ना मान्छेलाई विदेश पठाउनमा व्यस्त छन् ।

यतिसम्मकी फुटबलका पदाधिकारी नै लागूऔषध कारोबारीलाई बनाएका छन् । लागूऔषध कारोबारी दावा लामा एन्फा उपाध्यक्ष हुन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार पक्राउ गरेको छ ।

२०६४ साल जेठ २० गते दावालाई तत्कालीन पुनरावेदन अदालत पाटनले लागूऔषधको कारोबार गरेकोमा दोषी ठहर गरेर ५ वर्ष कैद सजाय सुनाएको थियो । अब उनी यही कैद भुक्तानी गर्न पक्राउ परेका हुन् । उनलाई फैसला सुनाएपनि प्रहरीले पक्राउ गरेको थिएन । शक्ति र प्रभावका बलमा उनले आफूलाई जोगाएका थिए ।

प्रतिक्रिया