१९ आश्विन २०८१, शनिबार | October 5, 2024

भारतका जर्नेल सिंहले नेपाल भ्रमणमा के के गरे


498
Shares

काठमाडौं, २ वैशाख । पाँच दिने नेपाल भ्रमणमा आएका भारतका तीन तारे जर्नेल प्रदीप चन्द्रन नायर एके सिंह फर्किएका छन् । उनी २६ चैत्रमा नेपाल आएका थिए । पाँच दिन नेपाल बसाईमा महत्वपूर्ण भेटहरु गरे । जर्नेल सिंह पीभीएसएम, एभीएसएम, वाइएसएम, पीएचडी, डीजी असम राइफल्स हुन् ।

लेफ्टिनेन्ट जनरल सिंहलाई स्वागत गर्न नेपालका लागि भारतीय रक्षा सहचरी कर्णेल अमित कुमार शर्मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । भ्रमणका क्रममा उनले भारतीय गोर्खा सैनिक निवास, पेन्सन भुक्तानी कार्यालय, पोखरा र पेन्सन भुक्तानी कार्यालय, धरानको भ्रमण गर्नुका साथै काठमाडौं, पोखरा र धरानमा नेपालमा बसोबास गरिरहेका भूतपूर्व गोर्खा सैनिक सम्मिलत र्‍यालीलाई सम्बोधन गरेका थिए ।
जर्नेल सिंहले गोर्खा सैनिकको बहादुरीको प्रशंसा गर्दै उनीहरुको साहस र आफ्नो राष्ट्रप्रति देखाएको समर्पित भावको कदर गरे । भूतपूर्व वीर गोर्खा सैनिकको अमूल्य त्याग एवम् बलिदानीको स्मरण गर्दै लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायरले गोर्खा सैनिकको कल्याणका लागि असम राइफल्स, भारतीय सेना तथा भारत सरकार सदैव प्रतिवद्ध रहने बताए ।

उनले भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गरेका थिए । नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मासँग शिष्टाचार भेटवार्ता गरे । उनले दुई देशको द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्न भारतीय राजदूतावासका रक्षा प्रभागका कर्मचारीले खेल्दै आएको कुशल व्यावसायिक भूमिकाको प्रशंसा गरेका थिए ।

प्रतिक्रिया