३१ भाद्र २०८१, सोमबार | September 17, 2024

नागरिक उन्मुक्तिको घरझगडाले बबाल, सुदूरपश्चिम मुख्यमन्त्रीमा दम्पत्तिको फरक उम्मेदवार


996
Shares

काठमाडौैं, २ वैशाख । नागरिक उन्मुक्ति पार्टीको घरझगडा बढेर उनीहरुको आधारक्षेत्रसम्मको राजनीतिमा असर देखिएको छ । उक्त दलको आधारक्षेत्र मानिएको सुदूरपश्चिम प्रदेशको सरकार गठनमा ठूलै विवाद छताछुल्ल भएको छ ।

नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षधर कैलाश चौधरीले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र उनको दलका प्रदेश सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेकोमा रञ्जिताका पति रेशम चौधरी पक्षधर लक्ष्मण किशोर चौधरीले नेपाली काँग्रेस, नेकपा एस, राप्रपा र नागरिक उन्मुक्तिका सांसदको हस्ताक्षर लिएर दाबी पेश गरेका थिए ।

लक्ष्मणको पक्षमा २९ सांसद रहेको दाबी गरिएको छ । कैलाशको पक्षमा २७ रहेको दाबी गरिएको छ । दुवैले नागरिक उन्मुक्तिका सांसदहरुको हस्ताक्षर पेश गरेपछि प्रदेश प्रमुख नजिर मियाँले समर्थनबारे अध्ययन गरेर निर्णय लिने बताएका छन् ।

नागरिक उन्मुक्तिको घरझगडाले उक्त पार्टी विभाजनको संघारमा छ । रेशम चौधरी वर्तमान सत्ता गठबन्धनको विरोधमा छन् । रञ्जिता समर्थनमा छिन् र सत्तामा जान आतुर छिन् ।

प्रतिक्रिया