इरान-इजरायल युद्ध

एजेन्सी, २ वैशाख । इरान र इजरायलबीच युद्ध सुरु भएको छ । दुवै देशले एक अर्कामाथि आक्रमण थालेका छन् ।
इजरायलले विदेशस्थित इरानी दूतावासमा आक्रमण गरी उच्च अधिकारीलाई मारिदिएपछि बदला लिने घोषणा गरेको इरानले ड्रोन हमला गरेको छ । इजरायलमाथि ड्रोन हमलापछि मध्यपूर्वमा खतरनाक युद्ध हुने अवस्था बनेको छ ।
इजरायलले हमासका नेताका तीन छोरा र नातिनातिना समेत मारिदियो । यसबीच स्थिति झन् तनावग्रस्त भयो ।
इरान समर्थित यमनका हुथीले पनि इजरायलमाथि मिसाइल हमला गरेका छन् । इजरायलमाथि आक्रमण बढेपछि अमेरिकालगायत पश्चिमा देश पनि इरानविरुद्ध प्रस्तुत हुने देखिएको छ ।
युद्ध चलेपछि रुसले पनि आफ्नो कदम चाल्ने देखिएको छ । रुसले इरान र सिरिया जस्ता देशलाई समर्थन गर्दै आएको छ ।