१२ श्रावण २०८१, शनिबार | July 27, 2024

पूर्वराजा ज्ञानेन्द्र शाहले देखे राष्ट्र जोखिममा (सन्देशसहित)


913
Shares

काठमाडौं, ३० चैत्र । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र जोखिममा परेको सबैलाई गम्भीर भएर सोच्न आग्रह गरेका छन् । नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना व्यक्त गर्दै देशको बौद्धिक समाज उदासीन हुँदै जानु र होनहार युवा जनशक्ति पलायन हुँदै जानु, राष्ट्रका उत्थानको निम्ति गम्भीर जोखिमपूर्ण विषय भएको बताएका हुन् ।

पूर्वराजा शाहले सन्देशमा भनेका छन्, न देशको गौरव गरिमा बढेको छ, न त देशवासीको सुख समृद्धिमा समयवद्ध सुधार आएको छ । जान्ने बुझ्ने बुढापाकाहरु अतीतलाई सम्झेर दिक्दारीमा देखिएको समेत बताएका छन् ।

नयाँ युवा पुस्ता देशमा आफ्ना सुनौलो भविष्य नदेखेर भौतारिएको उल्लेख गरेका छन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया