७ मंसिर २०८१, शुक्रबार | November 22, 2024

हिन्दुत्वको सेरोफेरोमा भारतको चुनाव


1.6k
Shares

विपिन देवः सन् २०२४ को भारतको आम निर्वाचन रोचक देखिन्छ । भूमण्डलीकरण र विद्युत्तियकरणको प्रभावले गर्दा कुनै पनि मुलुकको चूनावमा घरेलु मुद्दाले मात्र पर्याप्त ठाउ‘ लिदैन । वर्तमान परिवेशमा संसारको सर्वाधिक जनसंख्या भएको मुलुक भएकोले गर्दा भारतीय आम निर्वाचनलाई संसारका महत्वपूर्ण सञ्चार गृहहरूले महत्वपूर्ण स्थान दिएका छन् । प्रजातान्त्रिक पद्धतिमा हरेक राजनीतिक दलले राजनीतिक भाष्यको प्रयोग गर्नु स्वाभिक नै हो । सन् २०२४ मा भारतीय जनता पार्टीले विभिन्न भाष्यहरूको प्रयोग गरिरहेका छन् । भारतको अन्तर्राष्ट्रिय छवि, सरकारको समावेशी र लोक कल्याणकारी योजना, तीव्र आर्थिक विकास र राष्ट्रवाद जस्ता अनेकौ मुद्दाहरूलाई भाजपाले आफ्नो राजनीतिक र रणनीतिक भाष्य बनाइरहेका छन् । तर हरेक भाष्यको गुरूत्वाकर्षणको रूपमा हिन्दुत्व नै रहेको छ ।

हिन्दुत्वको भाष्यलाई भाजपाले आफ्नो उषाकालदेखि नै प्रयोग गर्दै आएको छ । वास्तवमा भारतीय राजनीतिक इतिहासमा हिन्दुत्वको भाष्य सबैभन्दा पुरानो रहेको छ । हिन्दूको भाष्यलाई भारतीय स्वतन्त्रता संग्रामताका सावरकरले प्रयोग गरेका थिए । गान्धी भन्दा पहिले नै सन् १९०५ ताका अंग्रेज सरकारद्वारा उत्पादित विदेशी लुगा र वस्तुलाई आगो लगाएर राष्ट्रवादको शंखनाद गर्ने विर सावरकर नै थिए । पॉच वर्ष बेलायत अध्ययनको कार्यकालमा उनले “इण्डियन वार ऑफ इनडेपेनडेन्स” नामक पुस्तक लेखेका थिए । अमेरिकी स्वतन्त्रता संग्राममा टामस पेनले लेखेका पुस्तक “अमेरिकी वार ऑफ इनडिपेनडेनेन्स” जस्तै सावरकारद्वारा लिखित पुस्तकले भारतीय स्वतन्त्रता संग्राममा क्रान्तिको हुंकारलाई ध्वनित गरेको थियो । सावरकरद्वारा लिखित पुस्तक “हिन्दुत्व” एक राजनीतिक प्रस्तावना हो । उक्त पुस्तकमा भारतीय हुनका लागि प्रत्येक भारतीयले भारतलाई पुण्य भुमीको रूपमा स्वीकार गर्नु पर्ने आग्रह गरिएको छ । अर्थात् भारतलाई पितृ भूमी र मातृभुमी मानेको खण्डमा मात्र राष्ट्रवादी हुन सक्ने उनको आग्रह रहेको छ । हिन्दुत्व आन्दोलनलाई सावरकरले अनुष्ठान गरेता पनि यसको सैद्धान्तिक कार्यदिशा दिने काम डा. श्याम प्रसाद मुखर्जीले गरेको देखिन्छ ।

डा. श्याम प्रसाद मुखर्जी आफ्नो उच्च बौद्धिक व्यक्तित्वले गर्दा भारतीय राजनीतिलाई यथेष्ठ प्रभाव पारेको देखिन्छ । गान्धीको विशेष आग्रहमा डा. मुखर्जीलाई नेहरुको मन्त्रीमण्डलमा ठाउ‘ दिइएको थियो । सन् १९५० मा नेहरु लियामत प्याकट भएको थियो । उक्त सम्झौता अन्र्तगत पाकिस्तानमा रहेका हिन्दुहरूको संरक्षणको दायित्व पाकिस्तान सरकारको रहेको थियो भने भारतको मुस्लिम समुदाय प्रतिको दायित्व भारतीय सरकारको रहेको थियो । डा. मुखर्जीलाई नेहरुको नीति पाच्य थिएन । उनलाई पाकिस्तानको नीति र नियतमा संका थियो । परिणाम स्वरुप उनले नेहरु मन्त्रीमण्डलबाट राजिनामा दिदै हिन्दुत्वको आन्दोलनलाई अगाडि बढाउ‘दै काश्मिरको कानुनी अधिकारलाई प्रश्नको घेरामा ल्याए । अर्थात् धारा ३७० लाई विरोध गर्दै एक देशमा एक निशान, एक प्रधान र एक विधान मात्र हुनु पर्दछ भन्ने डा. मुखर्जीको राजनैतिक प्रस्तावना थियो ।

सन् १९५१ म डा. मुखर्जी र गुरू ग्वालकारको संयुक्त समझदारीमा हिन्दुत्वलाई राष्ट्रिय मुद्दा बनाउ‘दै एउटा राजनैतिक दलको जन्म भयो । अर्थात् १९५१ मा जनसंघको जन्म हिन्दुत्वको मुद्दाबाट नै भएको देखिन्छ । जनसंघ नै कालान्तर भाजपा हुन गयो । सन् १९५३ मा काश्मिरको आन्दोलनको सन्र्दभमा नै डा. मुखर्जीको रहस्यमय मृत्य हिरासतको अवस्थामा भएको थियो । त्यस उप्रान्त जनसंघको नेतृत्व पण्डित दिन दयाल उपाध्ययले सम्हालेका थिए । दिन दयाल उपाध्ययले एउटा नयॉ राजनैतिक सिद्धान्तको प्रस्तावनाबाट विश्व राजनीतिलाई अवगत गराए । अर्थात् दिन दयाल उपाध्यायले “एकात्मक मानववाद”को सिद्धान्तलाई अगाडि बढाए । एकात्मक मानववादले पू‘जीवाद र साम्यवादलाई सहोदर दाजुभाईको रूपमा नामाकंण गरेको देखिन्छ । प‘ूजीवाद र साम्यवाद पश्चिमा लोलुप्तावादबाट जन्मेको उनको ठहर रहेको छ । अर्थात् साम्राज्यवाद, उपनिवेशवाद उद्योगीकरण र भौतीकवादबाट नै यी सिद्धान्तहरू उत्पादित भएको पण्डित उपाध्यायको ठहर रहेको छ ।

एकात्मक मानववादले मानवको भौतिक तृप्तीदेखि अध्यात्मिक चिन्तन सम्मको यात्रालाई दिशा निर्देश गरेको देखिन्छ । एकात्मक मानवादले समाजको सबभन्दा पिडित र प्रताडित वर्गको अवस्थालाई मध्यनजर राखि राज्यको नीति र नियम बनाउनु पर्ने उनको प्रस्तावना रहेको छ । एकात्मकं मानववादले “अन्तोदय”को सिद्धान्तलाई व्याख्या गरेको देखिन्छ । सन् १९६७ सम्म जनसंघलाई पण्डित उपाध्ययले नेतृत्व दिएका थिए । सन् १९६८ उपरान्त जनसंघको दायित्व अटल विहारी वाजपेयीले सम्हालेका थिए । जे.पी. आन्दोलन पश्चात जनसंघ भाजपामा परिणत भएको देखिन्छ । सन् १९८० अप्रिलमा वि.जे.पी.को जन्म भएको छ । सन् १९८४ को आम चूनावमा भाजपाले लोक सभाको २ सिट मात्र प्राप्त गरेका थिए । भाजपाको हिन्दुत्वको मुद्दालाई अगाडि बढाउने काम बजापेयी र आडवाणीले गरेको देखिन्छ । आडवाणीको रथ यात्रा र राममन्दिरको आन्दोलनलाई एक नयॉ राष्ट्रवादको जनजागरण चलाएको देखिन्छ ।

वर्तमान अवस्थामा वि.जे.पी.संसारको सबभन्दा ठुलो राजनैतिक दलको रूपमा रहेको छ । एक सोध अनुसार भाजपा कार्यशील कार्यकर्ता १८ करोड रहेको छ । अर्थात् उक्त कार्यकर्ताको संख्या चिनियाँ कम्युनिष्ट पार्टीको संख्या भन्दा पनि अधिक रहेको छ । सन् २०२४ को चूनावी मुद्दामा हिन्दुत्वको प्रस्तावनालाई अगाडी सार्न भाजपाले रणनीतिको साथ अगाडि बढिरहेको छ । काश्मिरबाट ३७० धाराको खारेज पनि हिन्दुत्वको प्रस्तावना नै थियो । अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा समेत हिन्दुत्वको प्रस्तावना रहेको छ । भारतीय काङ्ग्रेस पार्टी भित्र समेत हिन्दुत्व विचारधारालाई बलियो बनाउने एउटा धार थियो । वल्लभ भाई पटेल लगायत काङ्ग्रेसका अनेकौ नेताहरू हिन्दुत्व विचार धाराबाट प्रभावित थिए ।

भाजपा ती महापुरुषहरूको व्यक्तित्वलाई समेत चूनावमा पू‘जीकृत गरिरहेको छ । गुजरातमा पटेलको संसारकै सबभन्दा ठुलो प्रतिमा निर्माण गर्नु र नरसिंहा रावलाई भारत रत्नवाट विभुतित गर्नु जस्ता कदमलाई समेत भाजपाको चूनावी रणनीतिको रूपमा लिन सकिन्छ । हुनतः पटेल र रावको योगदानलाई कदर गर्नु न्यायोचित देखिन्छ । तर २०२४ को चूनावमा हिन्दुत्वको मुद्दा नै वि.जे.पी. मुख्य चूनावी नारा रहेको छ । हिन्दुत्व नारा अन्र्तगत राष्ट्रवादलाई नयॉ ढङ्गले व्याख्या गरिएको छ भने अल्पसंख्यको तुष्टिकरणको नीतिलाई समेत आलोचना गरिएको छ । हिन्दुत्व नराको पराकम्पन परराष्ट्रनीतिमा समेत देखिएको छ । विश्व योग दिवस यसमा एक प्रतिनिधि उदाहरण हुन् । हिन्दुत्व राष्ट्रवादको भाष्यले भारतको गौरव प्राचिन सभ्यता र संस्कृतीलाई समेत उजागर गरिएको देखिन्छ ।

प्रतिक्रिया