११ माघ २०८१, शुक्रबार | January 24, 2025

गण्डकीमा एमालेका खगराजको मुख्यमन्त्रीमा असंवैधानिक नियुक्ति


1.1k
Shares

काठमाडौं, २५ चैत्र । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका खगराज अधिकारीको असंवैधानिक नियुक्ति भएको छ । सर्वोच्च अदालतले सभामुखसहित गणना गरेर बहुमत पुर्याउन नमिल्ने संविधानको व्याख्या गरिसकेको अवस्थामा अधिकारीलाई गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त गरिएको हो ।

गण्डकीमा माओवादी केन्द्रबाट सांसद रहेका कृष्ण धिताल सभामुख छन् । उनको समेत गणना गरेर बहुमत देखाइएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले उनको असंवैधानिक नियुक्ति गरेका हुन् । यसबारे मुद्दा दर्ता हुने तयारी भइसकेको छ ।

गण्डकीमा सभामुख धितालसहित माओवादी केन्द्रका ८, एमालेका २२ र स्वतन्त्र सांसद राजीव गुरुङ गरी ३१ जनाको समर्थन देखाइएको छ ।

गत वर्षको असारमा कोशी प्रदेशमा काँग्रेसका उद्धव थापाले माओवादी केन्द्रबाट निर्वाचित भई सभामुख बनेका सांसद बाबुराम गौतमलाई समेत गणना गरेर मुख्यमन्त्री बन्दा सर्वोच्च अदालतले असंवैधानिक भन्दै थापाको नियुक्ति बदर गरेको थियो । यस्तै प्रकृतिमा खगराज अधिकारी असंवैधानिक तरिकाले मुख्यमन्त्री बनेका छन् ।

प्रतिक्रिया