१२ श्रावण २०८१, शनिबार | July 27, 2024

नेपालको प्रशंशा गर्दै रामायणकी सीताले भनिन्ः नेपालीको अनुहार सधै हसिलो खुशी देख्छु


747
Shares

काठमाडौं, २४ चैत्र । धारावाहिक रामायणकी सीता अर्थात दिपिकाले नेपालको खुलेर प्रशंशा गरेकी छिन् । जनजाति कल्याण आश्रमको १२ औं वार्षिकोत्सवमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै दिपिकाले नेपाल चर्चा गरेजस्तै सुन्दर रहेको बताएकी हुन् ।

आफू ३० सालपछि नेपाल आएको भन्दै हिमालयका ठन्डी हावाले आनन्द मिल्ने बताइन् । सीताले भनिन्, ‘नेपाल निकै सुन्दर छ, जब नेपाल आउँछु हाँसीखुशी अनुहार देख्छु नेपालको ।’

सीताले सहयोग गर्नुपर्नेहरुलाई खुलेर सहयोग गर्न आग्रह गरिन् । उनले मद्दत गर्ने तर मद्दत गरेको भुल्नुपर्ने पनि बताइन् ।

नेपालमा पनि जय श्रीराम गुञ्जिएको उनको भनाई थियो । मर्यादापुरुष श्रीरामले मर्यादाको सन्देश फैलाएको समेत उल्लेख गरिन् ।

कार्यक्रममा विभिन्न व्यक्तित्वहरुले जनजाति कल्याण आश्रमको कामबारे चर्चा गरेका थिए । आश्रममा सयौं बालबालिका निःशुल्क बस्ने र पढ्ने गर्दै आएको जानकारी दिइयो । विभिन्न सहयोगी व्यक्तित्वहरुले आश्रमका बालबालिकालाई वर्षभर बस्न, खान र पढ्नका लागि योगदान गर्ने घोषणा गरेका थिए ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया