१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सुन तस्करमा कारबाहीको सिफारिश भएका सहसचिव झलकराम चीनमा मस्त


664
Shares

काठमाडौं, २० चैत्र । सुन तस्करको साइनो विभिन्न देशका व्यापारीसँग पनि देखिएको छ । उनीहरुको ती देशहरुमा बाक्लो आउजाऊ खुलिरहेको छ । त्यसमध्ये हुन् झलकराम अधिकारी ।

सुन तस्करीका नाइके दाबा छिरिङसँग कनेक्सन देखिएर कारबाही सिफारिस भएका झलकराम अधिकारी चीनमा छन् । उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्य नेतृत्वको सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले अधिकारीमाथि अनुसन्धान गर्न सिफारिस गरेको छ । गृहमन्त्री रवि लामिछानेको हातमा रहेको प्रतिवेदनमा अध्यागमन विभागका तत्कालीन महानिर्देशक अधिकारी सुन तस्करीका नाइके दाबासँग साँठगाँठ रहेको उल्लेख छ। अधिकारी सचिव बढुवाको तालिम लिएर अवलोकन भ्रमणका लागि चीन पुगेका हुन् ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका वरिष्ठ निर्देशक विनोदकुमार विष्टको नेतृत्वमा शुक्रबार नै टोली बेइजिङ प्रस्थान गरेको हो । अधिकारीसहित २३ जना सहसचिवको टोली चीनको सार्वजनिक प्रशासनबारे जानकारी लिने उद्देश्यले बेइजिङ पुगेको हो । टोली एकसाता बेइजिङ घुम्नेछ ।

सचिवमा बढुवा हुनका लागि चाहिने एसइडिपी (सिनियर एक्जुकेटिभ डेभलपमेन्ट प्रोग्राम) तालिममा लिएका सहसचिवहरू बेइजिङ पुगेका हुन् । भारतलगायत मुलुकमा उक्त तालिममा सहभागी हुने सहसचिवहरूलाई अवलोकन भ्रमण गराइए पनि चीनमा भने पहिलोपटक लगेको छ । ।

सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले प्रतिवेदन दिनेवित्तिकै भूमिगत भएका सहसचिव अधिकारी चीन जाने अन्तिम दिन भिसा प्रोसेसिङका लागि पुगेका थिए । सुन आयोगको प्रतिवेदन कार्यान्वयन गर्छु भनेर गृहमन्त्री लामिछाने तातेपछि अधिकारी भूमिगत थिए ।

दाबाको अधिकारीसँग कनेक्सन रहेको प्रमाण तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई रवि लामिछानेले नै दिएका थिए । तर, उनलाई जोगाइयो । प्रमाण लिएर बसेका रवि गृहमन्त्री भएपछि अधिकारीमाथि छानबिन हुने आम विश्वास थियो । तर, नारायणकाजी चीनमा रहेकै बेला अधिकारी पनि चीनमै पुगेपनि गृहमन्त्री लामिछाने निरिह सावित भएका छन् । सुन तस्करको प्रतिवेदन सामसुम पार्ने खेल भएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया