धादिङ बस दुर्घटनामा ७ को मृत्यु, ३९ घाइते

काठमाडौं, २३ फागुन । धादिङमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या सात पुगेको छ । घटनामा ३९ जना घाइते भएका छन् ।
५१ यात्रु बोकेर लुम्बिनीबाट काठमाडौं जाँदै गरेको लु २ ख २१२१ नम्बरको बस गजुरी गाउँपालिका ५ घाटवेशीस्थित पृथ्वी लोकमार्गबाट १०० मिटर तल त्रिशुली नदीमा खस्दा घटना भएको नेपाल प्रहरीले जनाएको छ ।