२३ भाद्र २०८१, आइतबार | September 8, 2024

सत्ता गठबन्धन भत्काउने अन्तिम कसरत


1.2k
Shares

काठमाडौं, २१ फागुन । सत्ता गठबन्धन भत्काउने अन्तिम कसरत चलेको छ । रातभर नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरुले यसका लागि गृहकार्य गरेका छन् ।

रातभरको दौडधूप र बैठकपछि विहानै सत्ता राजनीतिको नयाँ खेललाई मूर्त रुप दिने नाटकीय गतिविधि भएको छ । विश्वस्त स्रोतका अनुसार राष्ट्रिय सभाको अध्यक्ष माओवादीले पाउने र प्रचण्डलाई कम्तिमा दुई वर्ष प्रधानमन्त्रीका लागि साथ दिने गरी सहमति बन्न लागेको छ ।

सत्ताको जोडघटाउमा एमाले र माओवादीको संख्याले मात्र नपुग्ने भएकाले जनता समाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि समेटेर जानेगरी छलफल बढेको छ ।

गठबन्धन भत्काउन एमालेले लामो गृहकार्य गर्दै आएको थियो । उसले माओवादीलाई सत्ताको नेतृत्व र विभिन्न पद छाडेर भएपनि सत्ताको ढोका खोलेको छ ।

प्रतिक्रिया