७ मंसिर २०८१, शुक्रबार | November 22, 2024

रायसिना सम्वादको महत्व


1.5k
Shares

विपिन देव: सन् २०२४ को रायसीना सम्वादलाई बैचारिक महाकुम्भ भनिएको छ । सन् २०१६ देखि नै भारतले रायसिना सम्वादको अनुष्ठान गर्दै आएको छ । भारतको परराष्ट्र मन्त्रालय र अभजरभर रिर्सच फाउन्डेन्सनको संयुक्त आयोजनामा हुने गरेको रायसिना सम्वादलाई विश्वको उच्च स्तरीय वैचारिक मन्थन र गन्थनको थलोको रूपमा लिन सकिन्छ । सन् २०२४ को रायसीना सम्वाद नवौं शृंखला हो । १२५ वटा मुलुकहरूको सहभागिता भएको रायसीना सम्वादमा जम्मा २५०० प्रतिनिधिहरू सहभागी भए । फेब्रुअरी २१ देखि २३ सम्म रायसीना सम्वादलाई महिमामण्डित गर्न ग्रीसका प्रधानमन्त्रीले प्रमुख आतिथ्य गरेका थिए भने २५ वटा परराष्ट्रमन्त्रीहरूको भौतिक रूपमा नै उपस्थित र सहभागी थिए । सन् २०२४ को रायसीना सम्वादको विषय “चतुरङ्ग” थियो । अर्थात् विवाद (कनफिलीक्ट), प्रतिष्पर्धा (कनटेष्ट), सहयोग (कोपरेट) र निर्माण (किरियेट) भन्ने विषय सूचीमा रायसीना सम्वाद केन्द्रित रहेको थियो । रायसिना सम्वादमा मानव सभ्यता र समाजले अनुभुति र अभ्यास गरिरहेका सम्पूर्ण पेचिला समस्यामा छलफल र वहस हुने गरी रायसिना सम्वादमा भू-राजनीति केन्द्रबिन्दु भए तापनि भू-अर्थनीति पनि प्रमुख विषय रही आएको छ ।

सन् २०२४ को रायसिना सम्वादको महत्वको वारेमा विश्वका कहलिएको सञ्चार गृहहरूले समेत आप्mना प्रतिक्रिया दिएका छन् । कोरोनाको कहर उपरान्त निर्माण भएको विश्व अर्थ व्यवस्था, रसिया युक्रेन युद्ध पश्चात निर्माण भएको भू-राजनीति र इजरायल र हमास भिडन्त पश्चात धुव्रिकृत भएको विश्व व्यवस्थाको आलोकमा रायसीना सम्वाद सम्पन्न भएको छ । रायसीना सम्वादको पृष्टभूमी र महत्वलाई दृष्टिगौचर गर्दै भारतमा परराष्ट्रमन्त्री डा. जयशंकरले वर्तमान भू-राजनीतिलाई प्रष्ट गर्न अभजरभर फौनडेसका प्रस्तोता डा. समीर शरणसंग गहकिलो सम्वाद गरेका थिए । वर्तमान परिवेशमा भू-राजनीति तरल भएको र अन्तर्रांष्ट्रिय संघ संस्था कमजोर भएको टिप्पणी डा. जयशंकरको रहेको थियो ।

द्वितीय विश्व युद्धको राप र तापबाट निर्माण भएका संयुक्त राष्ट्र संघमा संरचना समावेशी नभएको आरोप डा. जयशंकरको थियो । संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा विश्वका सर्वाधिक जनसंखया भएको देश भारतको प्रतिनिधित्व नहुनु, ५४ वटा राष्ट्रको प्रतिनिधित्व गरिरहेको अफ्रिकी युनियनको प्रतिनिधित्व नहुनु जस्ता कारणले सुरक्षा परिषदको प्रभाव कमजोर भइरहेको कुरा जयशंकरले उल्लेख गरेका थिए । उक्त कार्यक्रममा डा. जयशंकरद्वारा भर्खरै प्रकाशित पुस्तक “हवाई भारत म्याटरस” मा पनि समेत गहन छलफल भएको थियो । “इण्डिया वे” नामक पुस्तक प्रकाशित गरे पश्चात डा. जयशंकरले “हवाई भारत म्याटस” प्रकाशित गरेका छन् । रायसीना सम्वादमा पुस्तकको विभिन्न आयामहरूको वारेमा व्यापक प्रश्नोत्तर भएको थियो । प्रस्तुत पु्स्तक भारतीय परराष्ट्र नीतिलाई सुत्रात्मक रूपमा व्याख्या गरेको देखिन्छ ।

पुस्तकको आयाम माथि चर्चा गर्दै डा. जयशंकरले भारत प्राचीनता र आधुकिता मिलनविन्दुको खोजीमा रहेको छ । “हवाई भारत म्याटरस”मा रामायणको विम्वहरूको प्रचूर मात्रामा प्रयोग गरेको देखिन्छ । विश्व राजनीति र कूटनीतिलाई बुझ्न म्याकेवेली मोनटेस्क्यू र मेजीनी भन्दा रामायण र महाभारत वढि उपयोजी रहेको जिकिर डा. जयशंकरको रहेको छ । “हवाई भारत म्याटस”मा हनुमानलाई प्रधान कूटनीतिज्ञको रूपमा व्याख्या गरिएको छ । कूटनीतिज्ञको काम नै मिसनलाई पूर्णता दिनु हो । त्यस्तै विभिन्न पात्रहरू मध्ये विभिशण, तारा र अंगदलाई उच्च मूल्याङ्कन गरेको देखिन्छ । रायसिना सम्वादमा स्वीडेनका पूर्व प्रधानमन्त्री कार विल्टले वर्तमान भू(राजनीतिलाई चहकिलो र गहकिलो रूपमा व्याख्या गरेका थिए । कार विल्टले रसिया चीन विच भइरहेको गठवन्धनले खुला बजार, प्रजातन्त्र र विश्व वितरण प्रणाली प्रभावित हुन सक्ने व्याख्या गरेका छन् ।

विल्ट अनुसार रसिया युक्रेन युद्ध उपरान्त रसियाको सम्वन्ध युरोप र अमेरिकासंग शिथिलिकरण भइरहेको परिवेशमा रसिया चीन गठबन्धन बढिरहेको कुरा कार विल्टको समिक्षा रहेको छ । रायसिना सम्वादमा वितरण प्रणालीको बारेमा समेत व्यापक विर्मश भएको थियो । विकसित राष्ट्रहरूको आणविक होडवाजी र उद्योगीकरणको दस्तुर संसारका गरिब राष्ट्रहरूले वहन गरिरहेको वारेमा समेत रायसिनामा छलफल भएको थियो । यही सन्र्दभमा भारतले सौर्य उर्जा र जैविक उर्जामा प्राप्त गरेको उपलब्धीको वारेमा समेत विस्तृत चर्चा भएको थियो । रासिना सम्वादमा कर्वाडको उपादेयताको बारेमा समेत व्यापक विर्मश भएको थियो । चीनको दक्षिण सागरको नीतिले गर्दा हिन्दमहासागरीय क्षेत्र तनाव ग्रस्त रहेको कुरा समिक्षणहरूले विश्लेषण गरेका थिए । क्वाड (अमेरिका, भारत, अष्ट्रेलीया, जापान) र अक्स (अष्ट्रेलीया, वेलायत र अमेरिका) को निर्माण चीनिया आक्रमक नीतिले नै गर्दा भएको समेत छलफलको विषय वस्तु रहेको थियो । रायसीना सम्वादमा भारतले प्रयोग गरेको विद्युतीयकरण (डिजीटल्याजेशन) को बारेमा समेत व्यापक समिक्षा भएको थियो ।

रायसिना सम्वादको महत्व भारतको वैदिक परम्परासँग जोडिएको छ । शस्त्र भन्दा शास्त्र नै जीवनको लागि फलदायी र उपयोगी भएको जिकिर भारतीय सभ्यताको रहेको छ । तदनुरूप सन् २०१६ देखि हालसम्म रायसिना सम्वादमा विश्वका कहलिएका चिन्तकहरूले आप्mनो तेजस्वी तर्कद्वारा मानव सभ्यताले खेपीरहेका चूनौतीलाई चिर्न विर्मश गरेका हुन्छन् । वास्तवमा शास्त्रार्थले जीवनको शास्वत्व प्रश्नहरूलाई सम्वोधन गर्न चेष्टा गर्दछ । सभ्य समाजलाई अगाडि बढाउनु शास्त्रार्थ अति उपयोगी हुने गर्दछ । सन् २०१४ मा मोदीको आगमनको साथै भारतले विशाल बौद्धिक अभ्यासको थालनी गरको छ । सन् २०२४ को रायसिनाको भव्यताको उच्च मूल्याङ्कन भएको छ

प्रतिक्रिया