३ आश्विन २०८१, बिहिबार | September 20, 2024

के रास्वपाले इलाम २ जित्छ ?


581
Shares

काठमाडौं, १७ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीले इलामबाट पत्रकारिता पृष्ठभूमिका मिलन लिम्बूलाई उम्मेदवार घोषणा गरेको छ । शनिबार इलाममा रास्वपा सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितका प्रभावशाली नेता पुगेर लिम्बूलाई उम्मेदवार घोषणा गरेका छन् ।

रास्वपाको संसदमा २१ सिट छ । उसले प्रतिनिधि सभाको निर्वाचनमा २० सिट जितेकोमा रवि लामिछानेको सांसद पद खारेजपछि १९ सिटमा झरेको थियो । उपनिर्वाचनमा २ सिट नै जित्यो रास्वपाले । इलाम २ मा जितेमा उसको २२ सिट पुग्छ । तर, इलाममा रास्वपालाई कठिन छ ।

रास्वपा चितवनबाहेकका तराईका जिल्लामा कमजोर देखिन्छ । पूर्वी तराई र सुदूरपश्चिममा पनि उसको धरातल कमजोर छ । अबको उपनिर्वाचनमा उसको परीक्षण हुनेछ । यसकारण पनि रास्वपाले इलाममा सम्पूर्ण शक्ति लगाउँदैछ ।

इलाममा गएको चुनावमा नेकपा एमालेका सुवास नेम्वाङ विजयी भएका थिए । त्यहाँ उनकै छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाइएको छ । काँग्रेसका उम्मेदवार झीनो मतान्तरले मात्र पराजित भएका थिए । गठबन्धनमा एमाले र नेकपा एस र माओवादी तीनवटै दल रहेकाले एमाले बलियो देखिन्छ । काँग्रेस पनि बलियो अवस्थामा छ । यसकारण इलाममा सुहाङलाई कठिन छ । तर, उनी रास्वपाको पक्षमा आएको लहरका कारण उत्साही छन् ।

प्रतिक्रिया