एशियाबाट विश्वकपको तेस्रो चरणमा यी देश छनोट

एजेन्सी, १४ चैत्र । विश्वकप फुटबलको एशिया प्यासिफिक छनोटको दोस्रो चरणको अन्तिमतिर आइपुग्दा केही देश छनोट भएका छन् । फुटबल महाशक्तिका रुपमा चिनिएका जापान, दक्षिण कोरिया, अष्ट्रेलिया तेस्रो चरणमा पुगेका छन् ।
एशियाबाट २०२६ को विश्वकपमा ८ राष्ट्र सिधै छनोट हुनेछन् भने एक राष्ट्रले प्ले अफ खेल्नेछ । अब तेस्रो चरणमा ६ राष्ट्र प्रत्येक समूहमा रहने गरी तीन समूहको लिग हुनेछ । जसमा पहिलो र दोस्रो हुने ६ टोली विश्वकपमा छनोट हुनेछन् । समूहमा बाँक्ी टोलीको पाँचौं चरणको लिग चल्नेछ । जसमा दुई टोली विश्वकपमा छनोट हुनेछन् । बाँकी एक टोलीले प्ले अफ खेल्नेछ ।
छनोट चरणमा नेपालले अहिलेसम्म कुनै खेल जित या बराबर निकाल्न सकेन । नेपाल दोस्रो चरणबाट बाहिरिएको छ ।
समूह ए बाट कतार छनोट भएको छ । २ खेल बाँकी रहँदा भारत र अफगानिस्तान समान ४ अंकमा छन् भने कुवेत ३ अंकमा पुछारमा छ ।
समूह बीमा जापान तेस्रो चरणको नजिक पुगेको छ ।
समूह ई मा रहेका इरान र उज्वेकस्तिान समान १० अंक हासिल गर्दै अघिल्लो चरणमा प्रवेश गरेका छन् । समूह एफमा रहेको इराक पनि छनोट भएको छ ।
युएई र बहराइन पनि अघिल्लो चरणमा प्रवेश गरेका छन् ।