१९ आश्विन २०८१, शनिबार | October 5, 2024

नेपालमा धार्मिक अनास्था फैलाउन अमेरिकाबाट पैसाको ओइरो, अमेरिकी सांसदबाटै सनसनीपूर्ण खुलासा (भिडियोसहित)


1.7k
Shares

काठमाडौं, १० चैत्र । नेपालमा नास्तिकता फैलाउन अमेरिकाबाट पैसाको ओइरो लागेको खुलेको छ । अमेरिकाको रिपब्लिकन सांसदले नै त्यसको खुलासा गरेका हुन् ।

अमेरिकी सांसद ब्रायन मास्टले नेपालमा नास्तिकहरुमा पैसा खर्च भइरहेकोमा प्रश्न गरेका हुन् । दशौं करोड नेपाली रुपैयाँ त्यस्ता काममा खर्च भइरहेको भन्दै रिपब्लिकन सांसदले प्रश्न उठाएका हुन् । मास्टले संसदमा यस विषयमा बोलेर ट्वीटरमा समेत राखेका छन् ।

रिपब्लिकन सांसदहरुले यसबारे संसदमा बेला बेलामा विषय उठान गर्दै आएका छन् । दुई वर्ष अघि रिपब्लिकन पार्टीकै सांसद न्युट ग्रिनरिचले वाइडेनले धार्मिक परियोजनामा खर्च गरेको विषय उठाएका थिए ।

नेपालमा नास्तिकता प्रवद्र्धन र धर्मान्तरणमा ठूलो रकम पश्चिमा देशहरुबाट आइरहेको खुल्दै आएको छ । यसको पुष्टि अमेरिकाकै सांसदको अभिव्यक्तिबाट प्रष्ट भएको छ ।

प्रतिक्रिया