२३ भाद्र २०८१, आइतबार | September 8, 2024

रुसमा कस्ले गरायो आतंकवादी हमला


332
Shares

एजेन्सी, १० चैत्र । रुसको राजधानी मस्कोमा भएको आतंकवादी हमलामा मृत्यु हुनेको संख्या ९३ पुगेको छ । शुक्रबार राति क्रोकस क्रोकस सिटी हलको कन्सर्टमा आतंकवादी हमला भएको हो । हमलाकारीले स्वचालित हतियार र बमले अन्धाधुन्दा आक्रमण गरेका थिए ।

रुसमा भ्लादिमिर पुटिनले पुनः राष्ट्रपति चुनाव जितेपछि यति ठूलो घटना पहिलोपटक भएको हो । घटनामा ११ संदीग्ध आतंकवादी पक्राउ परेका छन् । जसमध्ये ४ जना प्रत्यक्ष संलग्न रहेको रुसी जासुसी संस्था फेडरल सेक्युरिटी सर्भिस एफएसबीको विज्ञप्ति उल्लेख गर्दै रुसी समाचार एजेन्सी तासले जनाएको छ ।

आतंकवादी हमला निकै योजनावद्ध तरिकाले गरिएको जनाइएको छ । रुस युक्रेनसँग युद्धमा रहँदा आतंकवादी हमला भएको हो । युक्रेनलाई प्रत्यक्ष अप्रत्यक्ष अमेरिका र यूरोपेली युनियनसम्वद्ध कतिपय देशले साथ दिइरहेका छन् ।-Photo Source: TASS

प्रतिक्रिया