६ आश्विन २०८१, आइतबार | September 22, 2024

जेष्ठ वर्ण महाविहारको नवनिर्मित भवनको उद्घाटन


249
Shares

ललितपुरं, ९ चैत्र । श्री जेष्ठ वर्ण महाविहारको नयाँ भवनको शुक्रबार उद्घाटन भएको छ । ललितपुरस्थित महाविहारको शहरी विकास मन्त्री धन बहादुर बुढा र भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रुपमा भवन उद्घाटन गरेका हुन् ।

भवन उद्घाटन मारोहमा ललितपुर विकास समाजका अध्यक्ष बुद्धिराज बज्राचार्य, स्थानीय समुदायका प्रतिनिधि, परियोजना व्यवस्थापन परामर्शदाताका प्रतिनिधिका साथै नेपाल सरकार र भारतीय दूतावासका अधिकारीहरुको उपस्थिति रहेको थियो ।

नेपालको साँस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणका लागि भारत सरकारले उपलब्ध गराएको भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत यो परियोजनाको निर्माण भएको हो । २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्याएको जेष्ठ वर्ण महाविहारको भारत सरकारले उपलब्ध गराएको करिब १३ करोड ७८ लाख अनुदान सहयोगमा पुनर्निर्माण भएको हो ।

उद्घाटनपछि मन्त्री बुढाथोकीले भूकम्पपछिको पुनर्निर्माणमा गरेको सहयोग र नेपालको आर्थिक विकासमा चालेको प्रयासका लागि भारत सरकारको प्रशंसा गरे ।

भारतीय राजदूत श्रीवास्तवले भारत र नेपालबीचको विकास सहकार्यका विभिन्न पक्षबारे चर्चा गर्दै यो सहकार्य दुई देशबीचको द्विपक्षीय साझेदारीको महत्वपूर्ण पक्षको रुपमा रहेको उल्लेख गरे ।

प्रतिक्रिया