हिन्दमहासागरीय क्षेत्रमा अमेरिका, भारत र चीनको रस्साकस्सी
विपिन देव: हिन्दमहासागरीय क्षेत्र व्यस्त सामुद्रिक मार्ग मानिन्छ । शक्ति र सार्मथ्यको प्रर्दशन र सन्तुलनमा महाशक्तिहरूले आफ्नो युद्धपोतलाई हिन्दमहासागरीय क्षेत्रमा परिचालित गर्छन् । असीको दशकमा कुल उत्पादनको एक प्रतिशत हिस्सा बोकेको चीन वर्तमान परिवशेमा विश्वको कुल उत्पादनको १७ प्रतिशत भन्दा बढी हिस्सा बोक्न पुगेको छ । सन् २०१३ देखि नै चीन आफ्नो सामरिक नीतिमा व्यापक परिर्वतन ल्याउ‘दै आएको छ । अफ्रिकाको जिवुती, पाकिस्तानको ग्वादर लगायत विभिन्न बन्दरगाहमा चीनले आफ्नो युद्धपोतलाई तैनाथ गरेको देखिन्छ । चिनियाँ जलसेनाको सार्मथ्य अब्बल देखिन्छ । संसारमा सबभन्दा अधिक पानी जहाज निर्माण गर्ने क्षमता चीनसँग रहेको छ । सैन्य उपकरणवाट लेस ३७५ वटा पानी जहाजहरू चीनियाँ जल सेनाको मातहतमा रहेको छ । संँसारको १० वटा ठुला वन्दरगाह मध्ये चीनमा नै ७ वटा वन्दरगाह रहेको छ । संसारको कुल उत्पादनको ४२ प्रतिशत पानी जहाज चीनले नै निर्माण गरेको देखिन्छ ।
सन् २००५ देखि २०२३ सम्म चीनले ११२ वटा सैनिक उपकरण सहितको पानी जहाज निर्माण गरेको छ । चीनिया जल सेनाको दवदवा हिन्दमहासागरीय क्षेत्रमा घनिभूत रूपले बढिरहेको छ । दक्षिण चीन सागरको ९० प्रतिशत जलासयमा चीन आफ्नो दवदवा बनाउ‘दै कृत्तिम टापुहरूको निर्माण गर्दैछ । पूर्वीय चीन सागर समेत चिनियाँ जलसेनाको प्रचूर उपस्थिति रहेको छ । चीनको सार्मथ्य र सामरिक नीतिले गर्दा हिन्दमहासागरीय क्षेत्र संसारको सबभन्दा तनाव क्षेत्र हुन सक्ने जामनकारहरूको बुझाई रहेको छ । ताइवान लगायत हरेक साना साना मुलुकहरू आक्रान्त रहको अवस्था देखिएको छ । आसीयानका मुलुकहरू लगायत जापान र अष्ट्रेलीया समेत आप्mनो सैन्य खर्चमा बढोत्तरी गर्दै चीनिया नीतिको विरुद्ध आप्mनो सामरिक तयारी गरेका छन् । अष्ट्रेलीया र जापान अमेरिकाको सुरक्षा छातामा भए तापनि आत्मरक्षालाई मध्य नजर राख्दै अन्य मुलुकहरूसंग समेत सहकार्य बढाएको देखिन्छ । यी परिवेशमा हिन्दमहासागरीय क्षेत्रमा भारतको भुमिका वडो महत्वपूर्ण देखिन्छ ।
भौगिोलिक दृष्टिकोणले भारत हिन्दमहासागरको कॉखमा रहेको छ । ११ वटा हिन्दमहासागरको चेक प्वाइन्टमा भारतलको बलियो पकड रहेको छ । चीनले आफ्नो ८० प्रतिशत उर्जा आपूर्ति गर्ने नाका मालाका स्टेटमा भारतीय जल सेनाले कुनै वखत पनि घेरावन्दी गर्ने सार्मथ्य राख्दछ । भर्खरै भारतीय सेनाको नेतृत्वमा हिन्दमहासागरीय क्षेत्रको ३२ वटा सेना प्रमुखहरूको वैठकले आपसी सूचना आदान प्रदान लगायत विभिन्न क्षेत्रमा सहयोग र समन्व्यनको लागि सहमति समेत भएको छ । चीनिया सामरिक नीतिलाई प्रतिवाद गर्न हिन्दमहासागरीय क्षेत्रमा विभन्न समीकरणहरूको समेत निर्माण भइरहेको छ । चीनिया नीतिलाई मत्थर नगरेको खण्डमा दक्षिण चीन सागर परसीयन गल्फ हुने जानकारहरूको दावि रहेको छ । अर्थात् दक्षिण चीन सागर युद्ध सग्राम स्थल हुन सक्ने भनाई रहेको छ । हिन्दमहासागरीय क्षेत्रमा कर्वाड (अमेरिका, अष्ट्रेलीया जापान र भारत) सक्रिय रहेको छ । यी चारवटै प्रजातान्त्रिक कित्तामा रहेका मुलुकहरू सामरिक नीति वाहेक आर्थिक कारोवार बढाउन सहकार्यको यात्रा बढाएको देखिन्छ । अमेरिकी पू‘जी, जापानी प्रविधि, भारतीय उत्पादन र अष्ट्रेलीयाको व्यवस्थापनको आधारमा विश्व व्यवस्थालाई प्रजातान्त्रिक मुल्य र मान्यता अनुरुप परिचालन गर्दै अगाडि बढ्ने कर्वाडको सैद्धान्तिक प्रतिवद्धता रहेको छ ।
कोरोनाको कहरमा कर्वाडको छाता मुनी नै अफ्रिका लगायत दक्षिण गोलाद्धको धेरै मुलुकहरूमा राहत प्रदामन गरिएको थियो । भर्खरै इण्डिया टुडेको कनकलेभमा अमेरिकी राजदुतले भारत क्वार्डको ड्राइभिङ्ग सिट (चालक)को रूपमा रहेको कुरा उल्लेख गरेका छन् । अर्थात् कोरनाको कहरमा भारतीइ उत्पादन क्षमतालाई दक्षिण गोलाद्ध (ग्लोवल साउथ) लगायत अमेरिका र युरोपले समेत उच्च मूल्याकङ्न गरेको देखिन्छ । कोरनाको कहरमा रोचटा भाचइरस भ्याक्सीनको ६५ डलर थियो । भारतीय उत्पादन बजारमा आउन वित्तिकै उक्त भ्याक्सीनको दर १ डलर प्रति फाइल हुन गयो । अर्को शब्दमा भारतीय उत्पादनले नै गर्दा अफ्रिका, ल्याटिन अमेरिकी लगायत संसारका कुना कुनामा कोरनाको खोप पुग्न सफल भयो । कर्वाडको छातामा उच्च स्तरीय छात्रवृत्ति, पुर्वाधार निर्माण लगायत विभिन्न क्षेत्रमा सहकार्यको थालनी समेत भएको छ । क्वाडको गठवन्धन प्रति चीन र रसिया समेत आक्रोस व्यक्त गरेको देखिन्छ । चीनले क्वार्डलाई सैनिक गठबन्धन भने तापनि भारतले प्रतिवाद गरेको छ । जापान र अष्ट्रेलीया अमेरिकाको सुरक्षा साझेदार (एलायन्स) भए तापनि भारत अमेरिकी सुरक्षा छातामा रहेको छैन । हुनतः हिन्दमहासागरीय क्षेत्रमा अमेरीका, अष्ट्रेलीया, जापान र भारतले वेला बखतमा सैन्य अभ्यास गर्दै आएको छ ।
रसियालाई हिन्दमहासागरीय नीति पॉच्य भएको छैन । जापान, अष्ट्रेलीया र भारत जस्ता मुलुकहरू अमेरिकासंग सधन सैनिक सम्बन्ध बढाउन वित्तिकै रसिया हिन्दमहासागरीय क्षेत्रमा कम्जोर हुने कुरालाई नर्कान सकिदैन । रसिया युक्रेन युद्धले गर्दा रसियाको वितरण प्रणाली युरोपमा कमजोर भएको छ । उर्जा लगायत सैन्य उपकरण वेच्नको लागि हिन्दमहासागरीय क्षेत्र नै रसियाको लागि ठुलो बजार रहेको छ । तर अमेरिकी दवदवा दिन प्रति हिन्दमहासागरीय क्षेत्रमा बढिरहेको छ । हिन्दमहासागरीय क्षेत्रमा चीनिया सार्मथ्य अब्वल भए तापनि चीनिया सामरिक नीति कमजोर भइरहेको अवस्था छ । हम्वन टोटा (श्रीलङ्का) र ग्वादर (पाकिस्तान) मा चीनको प्रचुर लगानी भए तापनि यी दुईवटै मुलुकहरू दिवालीयापनको संघारमा देखिएको छ । श्रीलङ्कालाई ४ दशमलव ५ विलियन भारतले सहयोग नगरको भए अर्थतन्त्र पूर्णरुपमा टाट पल्टिने अवस्था थियो । यी परिवेशमा हिन्दमहासागरीय क्षेत्रमा युरोपेली शक्तिहरू समेत आवद्धता देखिएको छ । क्वाडका साथै हिन्दमहासागरीय क्षेत्रमा अक्स (अष्ट्रेलीया, अमेरिका र वेलायत) को निर्माण भएको छ । अक्समा भारतको सहभागिता रहेको छैन । अक्स पूर्णरूपले सैन्य संघसंगठन भएको जानकारहरूको समिक्षा रहेको छ । अष्ट्रेलीया चीनिया सामरिक नीतिले गर्दा आक्रान्त रहेको छ । आफ्नो सैनिक खर्चमा १० प्रतिशत बढोत्तरीको साथै अक्स समझौता अनुरुप अमेरिका र विट्रिश वेलायतको सहयोगमा न्यूकिलियर समरिन प्राप्त गर्न अष्ट्रेलीयाले जमर्को गरेको छ ।
भारतले आफ्नो क्वार्डको उपयोग आर्थिक विकासको लागि अगािड बढाइरहेको छ । तदनुरुप सेमिकण्डकटर, आर्टिफिसियल इनटेलीजेन्स, फाइव जी, साइवर सुरक्षा जस्ता क्षेत्रमा जापानी र अमेरिकी लगानीलाई भारतमा भित्र्याउन रणनीतिको साथ अगाडि बढिरहेको छ । हिन्दमहासागरीय क्षेत्रमा कुनै पनि आपत्रकालीन समयमा राहतको लागि सबभन्दा अग्रनी भूमिका खेल्ने देशको रूपमा भारत भएकाले गर्दा चीनले भारतीय प्रभावलाई गम्भीरतापूर्वक लिएको छ । अर्थात् हिन्दमहासागरीय क्षेत्रमा भारतीय प्रभाव र भूमिकालाई कमजोर गर्न भारतलाई सैन्य दवावमा राख्न सन् २०१६ देखि हालसम्म चीन सक्रिय देखिएको छ । डोकलम देखि ग्लवानसम्म चीनिया सैनिक र भारतीय सैनिकआमने सामुने देखिन्छ । तर प्रजातान्त्रिक कित्तामा रहेको मुलुकहरूको गठवन्धन, सामरिक समीकरण र व्यापारिक सम्बन्धले चिनियाँ आक्रामकता स्वखलित हुने जानकारहरूको विश्लेषण रहेको छ ।