६ आश्विन २०८१, आइतबार | September 22, 2024

रुस-युक्रेन युद्ध रोक्न मोदीको पहल


249
Shares

एजेन्सी, ८ चैत्र । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुस-युक्रेन युद्ध रोक्न पहल गरेका छन् । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीसँग छुट्टाछुट्टै कुराकानी गरी युद्ध रोक्न आग्रह गरेका हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार मोदीले सुरुमा पुटिनसँग टेलिफोन कुराकानी गरी राष्ट्रपतिमा निर्वाचित भएको बधाई दिए । उनले रुस र युक्रेन समस्याको युद्धको शान्तिपूर्ण समाधानको आग्रह पनि गरे ।

पुटिनसँग कुरा गरेको केही घण्टामै मोदीले जेलेन्स्कीसँग कुराकानी गरी समस्याको शान्तिपूर्ण समाधानको आग्रह गरे ।

रुस युक्रेन युद्धमा भारत तटस्थ रहेको छ । उसले समस्याको शान्तिपूर्ण समाधानको आग्रह गर्दै आएको छ । मोदीले युद्ध रोक्न पहलकदमी उठाउनेबारे पनि चर्चा चल्दै आएको थियो ।

प्रतिक्रिया