८ मंसिर २०८१, शनिबार | November 23, 2024

जुम ब्यूटी एकेडेमीको २२ औँ वार्षिकोत्सव


5.2k
Shares

काठमाडौं, १९ चैत्र । जुम ब्यूटी एकेडेमी स्थापनाको २१ वर्ष पूरा गरी २२ औँ वर्षमा प्रवेश गरेको छ । एकेडेमीले सोमबार बबरमहलस्थित कार्की ब्याङकेटमा २२ औँ वार्षिकोत्सव भव्य रुपमा मनाएको छ।

चर्चित नायिका तथा एकेडेमीकी ब्राण्ड एम्बेस्डर केकी अधिकारीको प्रमुख आतिथ्यतामा आयोजित २२औँ वार्षिकोत्सव कार्यक्रममा जुमका निर्देशक कृशप तनाबासु र संस्थापक जुनु चक्रधरले आफ्ना कर्मचारीहरुलाई आफुँहरुसँग सहकार्य गरेर अगाडि बढेकोमा धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तो साथ र सर्पोटको आसा गरेको बताए ।

हालसम्म जुमका १२ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । एकेडेमीले कुपन्डोल, भक्तपुर, महाराजगञ्ज, कलंकी, तीनकुने, बौद्ध, बनेपा, गोंगबु, बालाजु, ग्वार्खो, स्वयम्भू र कौशलटारमा शाखा सञ्चालन गरेर सेवा दिँदै आएको छ।
एकेडेमीले वार्षिकोत्सवका अवसरमा वर्षकै उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कार र अवार्ड दिँदै सम्मान समेत गरेको थियो ।

प्रतिक्रिया