३१ भाद्र २०८१, सोमबार | September 17, 2024

भारतमा प्रभावहीन भएपछि नेपालमा भ्रम फैलाउँदै एस. डी. मुनी


1.7k
Shares

काठमाडौं, १९ चैत्र । नेपालको राजनीतिक परिवर्तनमा आफ्नो भूमिका रहेको दाबी गर्दै आएका पात्र हुन् एस डी मुनी । उनले नेपालको गणतन्त्र र धर्मनीरपेक्ष स्थापनामा आफूले भूमिका खेलेको र त्यसका लागि प्रचण्ड र डा. बाबुराम भट्टराईलाई सहयोग गरेको दाबी गर्दै आएका छन् ।

मुनीले पछिल्लो समय आफ्नो पुस्तकमार्फत् प्रचण्ड र बाबुरामलाई भारतीय अधिकारीहरुसँग सशस्त्र गतिविधि भइरहँदा भेटाएको समेत उल्लेख गरेका छन् ।

मुनीले नेपालको विभिन्न शहरमा आफ्नो पुस्तक बेच्न र हल्ला मच्चाउन विवादास्पद अभिव्यक्ति दिइरहेका छन् । विगतमा भारतका वामपन्थीहरुसँग मिलेर नेपाललाई धर्मनीरपेक्ष बनाउन षड्यन्त्रपूर्वक क्रियाकलाप गरेका मुनीले फेरि यसपटक भ्रामक सल्लाह दिन थालेका छन् ।

भारतमा लोकसभाको निर्वाचन हुनलाग्दा एस डी मुनी भ्रम फैलाएर नेपालीहरुमाझ त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीप्रति नकारात्मक धारणा विकास गर्न मरिमेटेर लागेका छन् ।

कुनैबेला भारतको सत्ताधारीमा पहुँच बनाएका मुनी पछिल्लो समय पहुँचविहिन भएका छन् । उनी यसकारण पनि आक्रोश पोख्नै विवादास्पद अभिव्यक्ति दिइरहेका छन् । नेपाल र भारतबीच विकसित भइरहेको सुमधुर सम्बन्ध बिगार्न मुनी उद्धत देखिन्छन् ।

प्रतिक्रिया