२ माघ २०८१, बुधबार | January 15, 2025

संविधान जारी हुनलाग्दा नेपालका नेतालाई थर्काउनुभयो भनी सोध्दा जयशंकरले भनेः म कसैलाई धम्क्याउन सक्छु ?


498
Shares

काठमाडौं, ५ चैत्र । भारतका विदेशमन्त्री एस. जयशंकरले २०७२ सालमा नेपालमा संविधान जारी गर्न लाग्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यहाँका राजनीतिक दलका नेताहरुलाई धम्क्याएको भनी पार्टीको लिखित दस्तावेजमा उल्लेख गरेको विषय गलत भएको बताएका छन् । ललन टप युट्युब च्यानलमा दिइएको अन्तवार्तामा उनले यो विषय गलत भएको भन्दै कूटनीतिक उत्तर दिएका छन् ।

२०१५ मा संविधान जारी हुन लाग्दा नेपालका राजनीतिक पार्टीलाई धम्की दिएको भनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिखित दस्तावेजमै उल्लेख गरेको प्रश्नमा भने, ‘के तपाईंलाई लाग्छ म कसैलाई धम्क्याउन सक्छु ?’

नेपालमा मधेशबाट बन्द र रोकावट भएको उल्लेख गर्दै भने, ‘मधेशमा बन्द र रोकावट भएको थियो, त्यो नेपालतर्फबाटै भएको थियो, हाम्रोतिर थिएन ।’ नाकाबन्दी नेपालको आफ्नैतर्फको गम्भीर परिस्थिति भन्दै भारतको कुनै भूमिका नभएको जिकिर गरे ।

विदेश सचिवका रुपमा संविधान जारी हुनलाग्दा नेपाल जानुमा परिस्थिति थप खराब हुन नदिने आग्रहका लागि भएको जयशंकरले बताए । उनले भने, ‘मधेशमा खराब स्थिति थियो, तनाव कम गर्नुस् । परिस्थिति थप बिग्रन नदिनुहोस् भन्ने मात्र थियो ।’

जयशंकरले लिपुलेकका सन्दर्भमा केही समस्याहरु रहेको स्वीकारे । सीमा विवादमा केही क्षेत्रमा रहेको विवाद लुकाउनुपर्ने विषय नभएको बताए । यो विषयमा कूटनीति छलफल भइरहेको समेत उनको भनाई थियो । उनले नेपाल र भारतबीचको खुला सीमा दुनियाँमा एउटा विश्वासको नमूना रहेको बताए ।

नेपालमा सत्ता समिकरण फेरिएकोमा आन्तरिक राजनीतिक परिस्थिति भने । युगान्डामा प्रधानमन्त्री प्रचण्डसँग भेट्दा नै गठबन्धन तोडिनसक्ने पूर्वाभास पाएको संकेत गरे जयशंकरले । नेपालको घटनाक्रमलाई नजिकबाट अवलोकन गरिरहेको समेत बताए ।

भारत सही समयमा सही सहयोग गर्ने असल मित्र भएको जयशंकरले बताए । नेपालसँग भएका आर्थिक विकाससम्बन्धी सम्झौताहरु कायम रहेर दुवै देशलाई लाभ होस् भन्ने चाहना राखेको समेत बताए । राजनीतिक परिस्थितिहरु बदलिएपनि दुई देशबीचको सम्बन्ध र सम्झौताहरु कायम रहने विश्वास व्यक्त गरे जयशंकरले ।

प्रतिक्रिया