४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

डलर अर्बपति विनोद चौधरीलाई पक्राउ गर्न रवि लामिछानेको निर्देशन


2.8k
Shares

काठमाडौं, ४ चैत्र । नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीलाई पक्राउ गर्न गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएका छन् । बाँसबारी छाला जुत्ता कारखानको जग्गा प्रकरणमा मुछिएका चौधरीलाई पक्राउ गरी अनुसन्धान गर्न लामिछानेले निर्देशन दिएका हुन् ।

चौधरी सांसद समेत रहेकाले उनलाई पक्राउ गर्न संसद सचिवालयलाई जानकारी गराउनुपर्छ । त्यो प्रक्रिया अगाडि बढाउन लामिछानेले आइजीपी वसन्त कुँवरलाई निर्देशन दिएको बुझिएको छ ।

यसअघि सीआइबीले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा विनोदका भाई अरुण चौधरीलाई पक्राउ गरेको थियो । तर, अरुणलाई अदालतले रिहा गर्न निर्देशन दिएपछि न्यायाधीश नै विवादमा परेका थिए ।

गृहमन्त्री भएलगत्तै लामिछानेले सुन तस्करी र जग्गा प्रकरणमा छानविन बढाउन खोजेका छन् । उनले काँग्रेस सांसद रहेका चौधरीलाई पक्राउ गर्न निर्देशन दिएर तरंग ल्याइदिएका छन् ।

लामिछाने आफै सहकारी ठगी प्रकरणमा मुछिएका छन् । उनलाई गृहमन्त्रीबाट हटाउन काँग्रेसले संसदमा माग गर्दै अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया